News

ओली पुगे संसद् भवन, महन्थ ठाकुरले पनि देउवालाई मत दिने

ओली पुगे संसद् भवन, महन्थ ठाकुरले पनि देउवालाई मत दिने

नेकपा (एमाले) अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको दोस्रो बैठकमा सहभागी हुनका लागि संसद् भवन पुगेका छन् । 


दोस्रो बैठक सुरु हुनु पहिले उनी संसद् भवन प्रवेश गरेका हुन् । आइतबार नै बसेको पहिलो बैठकमा ओली संसद् बैठकमा अनुपस्थित थिए । 

प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया शुरू भएको छ ।


जारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दैछन् । देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधव नेपाल पक्षको समर्थन प्राप्त हुने देखिएको छ ।

प्रतिनिधिसभामा हाल २ सय ७१ सदस्य कायम छन् । विश्वासको मत हासिल गर्न कम्तीमा १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने भएको छ । आफूहरूले उठाएका राजनीतिक माग पूरा गर्ने प्रतिबद्धता आएकोले विश्वासको मत दिन सकरात्मक भएको हो।

प्रधानमन्त्री देउवाले ठाकुरलाई औपचारीक पत्र लेखी विश्वासको मत मागेका थिए । संसद भवनमै भएको छलफलमा देउवाले ठाकुरसँग मधेस आन्दोलनका माग पूरा गर्न तयार रहेको बताएपछि ठाकुर पक्ष विश्वासको मत दिन तयार भएको झाको भनाई छ । 

प्रतिनिधिसभा केपी शर्मा ओली शेरबहादुर देउवा

विशेष