News

'देउवा रेफ्रिको गोलवाट विजयीः हिजो श्री ५ वाट र आज श्रीमान ५ वाट प्रधानमन्त्री'

'देउवा रेफ्रिको गोलवाट विजयीः हिजो श्री ५ वाट र आज श्रीमान ५ वाट प्रधानमन्त्री'

नेकपा एमालेका नेता प्रदिप ज्ञावलीले तत्कालिन राजाकै स्वरुपमा सर्वोच्च अदालतले शेरवहादुर देउवालाई प्रधानमन्त्री वनाएको वताएका छन् ।

शेरवहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत मागेपछि सदनमा वोल्ने क्रममा नेता ज्ञवालीले इतिहाँस विदु्रप रुपमा दोहोरिएको वताए । ‘राजावाट अक्षम घोषित भएर वरखास्त भएका देउवा त्यसको केहि समय पछि नै श्री ५ वाट प्रधानमन्त्री हुनुभो’ उनले भने–‘त्यति वेला वहाँले भन्नु भएको थियो– मैले राजावाट न्याय पाए । अहिले मलाई त्यो दिनको याद आईरहेको छ।’

हिजो श्री ५ र आज श्रीमान न्यायाधिस ५ वाट देउवा झयालवाट छिरेको वताउँदै उनले खेलाडिवाट नभई रेफ्रिको गोलवाट देउवा प्रधानमन्त्री भएको आरोप लगाए ।

नेकपा एमाले विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले प्रधानमन्त्रीवाट हट्नु परेको र प्रतिपक्षमा वस्नु परेको भन्दा पनि आफुहरु  विधि खल्वलिएको विषयमा चिन्तित भएको उनले वताए ।
 

प्रदिप ज्ञावली

विशेष