News

‘धेरै नउड्न वा धेरै नगिर्न’ कांग्रेस नेता रिजालको चेतावनी 

‘धेरै नउड्न वा धेरै नगिर्न’ कांग्रेस नेता रिजालको चेतावनी 

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारबाट बाहिरिएपछि अदालतलाई गाली गर्ने प्रवृत्ति गलत रहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा बोल्दै कांग्रेस सांसद रिजालले केपी शर्मा ओलीको सरकार अदालतबाट नभइ अहंकारबाट अपदस्थ भएको बताएका छन् । उनले भने– ‘अदालतले प्रधानमन्त्री नियुक्त गरेको होइन । मिलेमतोमा संविधान मिच्नेहरूलाई सम्झाउन खोजेको मात्रै हो । अदालतले होइन अहंकारले तपाईंलाई हराएको हो।’

नेता रिजालले नेकपा एमालेका नेताहरूलाई ‘धेरै उड्ने वा धेरै गिर्ने’ काम नगर्न सचेत पनि गराए । उनले भने–‘मेरो सुझाव छ तपाईंहरूलाई, धेरै उड्ने पनि नगर्नुस् धेरै तल पनि नजानुस् । एउटा सीमाभित्र बस्नुस् । हामीलाई कुनै उन्माद छैन, सत्ताबाहिर हुनेले पनि मनमा तिक्तता नलिनुस।’
 

मिनेन्द्र रिजाल

विशेष