News राजनीति

संविधानको अन्तिम ब्याख्याता सर्वोच्च हुनेछ भनेर हामीले नै लेख्या होईन ? : प्रचण्ड

संविधानको अन्तिम ब्याख्याता सर्वोच्च हुनेछ भनेर हामीले नै लेख्या होईन ? : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतले प्रधानमन्त्री नियुक्त गरेको नभई धारा ७६(५) को ब्याख्या मात्रै गरेको वताएका छन् ।

प्रतिनिधि सभामा आफनो दलको तर्फवाट धारणा ब्यक्त गर्दै अध्यक्ष दाहालले यस्तो वताएका हुन् । तत्कालिन प्रधानमन्त्री र राष्ट्रपतिले पटक पटक संविधान उलंघन गरेको र दुई/दुई पटक प्रतिनिधि सभा विघटन गरेपछि अदालतले यस्तो ब्याख्या गरेको उनको भनाई छ।

हामीले नै संविधानको अन्तिम ब्याख्याता सर्वोच्च अदालत हुनेछ भने र लेख्या होईन ? भन्दै उनले नेकपा एमालेलाई सत्ताबाहिर हुँदा पनि ढाँठछल नगर्न चेतावनी दिए।

संसद्को बैठकमा सम्बोधन गर्दै दाहालले भने, “हामी राष्ट्रपति कार्यालयमा अस्वाभाविक परिघटना भए । त्यहाँ प्रधानमन्त्री नियुक्तिमा प्रयोग भएको भाषा संविधानको मर्म र भावनाविपरीत थियो । शपथ ग्रहण रोकिएको थियो । हरेक पटक हामी शान्ति प्रक्रियामा आएपछि पनि आउने र जाने प्रधानमन्त्री साइड बाइ साइड कुर्सीमा बस्ने परम्परा थियो । शपथपछि कुर्सी साटिन्थ्यो । तर अहिले शेरबहादुर देउवाका सन्दर्भमा देखिएन । निवर्तमान प्रधानमन्त्री उपस्थित हुनुभएन । को भित्र लोकतान्त्रिक संस्कार छ ? भिन्न मतलाई स्वीकार गर्न सक्ने क्षमता को सँग छ ? नैतिकता र संस्कारको प्रश्न हो भन्ने ठान्छु त्यो ।”

उनले व्यक्तिवाद, अहंकारवाद, चरम महत्वाकांक्षा ओलीमा रहेको बताए । 

“भन्ने एउटा गर्ने अर्को ? त्यसको साक्षी हामी थिएनौँ ?,” दाहालले भने, “हामी ज्युँदै छौँ र उपस्थित छौँ के, अब चल्दैन ।  किन पत्याउने तपाईंलाई ? गोहीको आँशु देखाउने ? प्रणालीको चिन्ता अझै ?”

पुष्पकमल दाहाल प्रचण्ड

विशेष