News

महन्थ ठाकुर भन्छन्– गोली चलाउन हामीले पनि तालिम लिएका छौं

महन्थ ठाकुर भन्छन्– गोली चलाउन हामीले पनि तालिम लिएका छौं

राष्ट्रिय जनता पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले राज्यले आफूहरूमाथि गोली चलाएको र गोली चलाउन आफूहरूलाई पनि आउने बताएका छन्।

आईतवार पुनःस्थापित प्रतिनिधि सभामा बोल्दै अध्यक्ष ठाकुरले राज्यले गोली चलाउँन अधिकार छ, हामीलाई अधिकार नभएको वताए । उनले भने–‘राज्यले गोली चलाउँन तालिम लिएको छ, हामीले पनि गोली चलाउन तालिम लिएका छौं।’

‘घट्नास्थलमै नभएको हाम्रो नेता रेशम चौधरी जेलमा छन्,’ उनले भने,’ जुन आन्दोलनमा उनी थिएनन्, हामी पहिले पनि उपेक्षित थियौँ र अहिले पनि उत्तिकै उपेक्षित भइरहेका छौँ ।’

उनले संविधानकै कारण बर्तमान समस्या उत्पन्न भइरहेको बताए। उनले भने– ‘देउवा जीलाई हामी भोट त दिन्छौ तर, म केपी शर्मा ओलीजीलाई धन्यवाद दिन्छु। आफुहरुका माग वहाँले संवोधन गर्नुभयो।’

उनले नागरिकता विद्येयक रोकेर अदालतले नागरिकता विहिन नेपाली जनता माथि अन्याय गरेको आरोप लगाए । 

महन्थ ठाकुर

विशेष