News

आधा भरिएको गिलास पनि भस्मासुरले घोप्ट्याउने काम गरेः भट्टराई 

आधा भरिएको गिलास पनि भस्मासुरले घोप्ट्याउने काम गरेः भट्टराई 

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले दुर्घटनाको बीचमा पुगेको देशलाई सर्वोच्च अदालतले जोगाउने काम गरेको वताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै भट्टराईले देशलाई केपी ओली नेतृत्वको सरकारले अँध्यारो सुरुङमा धकेल्ने काम गरेको बताए। भट्टराईले ओलीलाई भष्मासुरको संज्ञा दिए । ‘यो संविधान उत्कृष्ट छ । तर पुरा छैन । मैले त संविधान जारी हुँदा नै भनेको हुँ’ उनले भने–‘हामीले आधा गिलासलाई बचाएर बाँकी भर्न चाहेका थियौँ । तर भस्मासुरले आधा गिलास घोप्ट्याउने काम भयो र हामी त्यसको विरोधमा लाग्न प¥यो ।’

उनले अदालतको फैसला एक दम सुन्दर ढंगले आएको वताए । उनले भने–’अदालतले व्याख्या गर्दा तपाई हामीले विर्सेको कुरा सम्झाउने काम भएको छ ।’


प्रतिगमनकारीहरुको पटक–पटकको खड्क प्रहारबाट मुर्छित बनेको संसदमा उपस्थित हुन पाउँदा हर्सित भएको पनि उनले वताए ।
 

बाबुराम भट्टराई केपी शर्मा ओली

विशेष