News

माधव नेपाल पक्षका यी सांसदले देउवालाई मत नदिने

माधव नेपाल पक्षका यी सांसदले देउवालाई मत नदिने

नेकपा एमालेको माधवकुमार नेपाल पक्षका पनि केहि सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् ।

ती सांसदहरू तटस्थ बस्ने भएका छन् । घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई लगायतका नेताहरू तटस्थ बस्न लागेका हुन् ।

पार्टी एकतालाई जोगाउन विश्वासको मतको पक्ष र विपक्षमा कतै नउभिने उनिहरुको प्रतिक्रिया  छ। भीम रावलले देउवाको विपक्षमा मतदान गर्न प्रस्ताव राखेका थिए । तर, अर्का नेता घनश्याम भुसालले त्यसो गर्न नहुने बताएपछि रावलले सांसद पदबाटै राजीनामा दिए ।

रावलको राजीनामापछि नेपाल पक्षका नेताहरूले देउवाको पक्षमा मतदान गर्ने कि तटस्थ बस्ने भन्नेबारे छलफल गरेका थिए । स्थायी कमिटीका नेता योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले पार्टी एकता बचाउनका लागि तटस्थ बस्ने निर्णय गरेपछि भुसाल पनि उनीहरुको पक्षमा लागेको जनाईएको छ । 

माधव नेपाल समूहका २३ सांसदमध्ये अरू पनि केहीले तटस्थ बस्ने तयारीमा रहेको जनाईएको छ ।

शेरबहादुर देउवा माधवकुमार नेपाल

विशेष