देउवा आजदेखि झन बलियो, डेढ बर्ष सँसद जिउँदै
नेपालको राजनीति र मनसुन (मौसम)को भर हुन्न यसै भनिएको हैन रहेछ । कुन बेला को कता हुने, कसले कसको साथ लिने र छाड्ने ठेगान नभएजस्तै नयाँ सरकारले बिश्वासको मत ३० दिन पुग्ने बेलामा लिने कि कहिले लिने ठेगान नभएको स्थितिलाई आज बिहान सभामुखद्वारा बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाएको हो ।
सोही बैठकको कार्यसूचीअनुसार आजै देउवा सरकारले बिश्वासको मत लिनेछ । केपी ओली सत्ताको उत्कर्षमा छँदै पार्टीमा बहुमतप्राप्त जसपाको उपेन्द्र-बाबुराम समूह महन्थ-महतो खेमाका ५ माननीयले समेत क्याम्प फेरेपछि झन बलियो बनेर निर्वाचन आयोगमा दलको आधिकारिक मान्यतानिम्ति आज बहश गर्न जाँदैछ भने एमालेले समेत आजै स्थायी समिति बैठक बोलाएको छ ।
आफ्नो आँट र त्यागले ब्युँतिएको प्रतिनिधिसभालाई अब आफ्नो प्राकृतिक आयुसम्म निरन्तरता दिने कि केपीको सट्टा शेरबहादुर देउवाको हातबाट सिध्याउने भन्ने धर्म संकट अहिले माधव नेपाल खेमामाथि आइलागेको छ । यसैवारे छलफल गर्न बिघटित कार्यदलका नेपालपक्षीय नेताहरु अहिले कोटेश्वर पुग्नुभएको छ ।
नेपाल समूहले देउवा सरकारलाई सँसद नमार्ने शर्तमा बिश्वासको मत दिने पक्का छ तर २३ जना हस्ताक्षरकारीको संख्या एक ढिक्का रहन्छ या तलमाथि हुन्छ त्यसको चाहिँ प्रष्ट तस्विर आउनै बाँकी छ ।
जनआस्थाबाट साभार
शेरबहादुर देउवा बिश्वासको मत