News

गोकुल वास्कोटाको ब्यंग्य– डेमोक्रेसी इज फ्ल्याट एण्ड भोट

गोकुल वास्कोटाको ब्यंग्य– डेमोक्रेसी इज फ्ल्याट एण्ड भोट

पुर्व सञ्चारमन्त्री एवम् नेकपा एमालेका नेता गोकुल वास्कोटाले सांसद खरिद विक्रि गरेर शेरवहादुर देउवाको सरकार टिकाउन खोजेको आरोप लगाएका छन् ।

संसदको निरन्तरताका लागि चुनाव गर्न खोज्दा प्रतिगामीको आरोप लगाउनेहरु सांसद खरिद विक्रिमा लागेको विषयलाई उनले ब्यंग्यात्मक ढंगले उठाएका छन् । प्रजातन्त्र कस्तो छ भन्दा ‘डेमोक्रेसी इज् ब्ल्याक एण्ड ह्वाईट’ भन्ने खालका दल र नेतालाई पुरस्कार प्राप्त भएको उनको आरोप छ।

ट्वीटरमा उनले लेखेका छन्–‘आठदश वर्ष अघि कुनै बिदेशी दुतावासले गराएको प्रजातन्त्र कस्तो भन्ने प्रतियोगीतामा डेमोक्रेसी इज ब्ल्याक एण्ड ह्वाइट भन्नेले पुरष्कार पाईथ्यो। अहिले त डेमोक्रेसी इज फ्ल्याट एण्ड भोट भन्नेले पाउने भएछ!!! संसदको निरन्तरताका लागि चुनाब प्रतिगामी हुनाले।’

राष्ट्रिय जनता पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव समूहले सरकारमा जाने निर्णय गरेसँगै महन्थ ठाकुर – राजेन्द्र महतो पक्षमा रहेका केहि सांसद यादव पक्षमा लागेको र केही सांसदतले त्यसका लागि एकजना चल्तापूर्जा सांसदले सनसिटी अपार्टमेन्ट पेप्सीकोलामा फ्लैट उपहार लिएको र अन्यले आकर्षक मन्त्रालयको डिमाण्ड गरेको चर्चा छ। यहि विषयलाई वास्कोटाले ट्वीटर मार्फत ब्यंग्य गरेका हुन ।

जसपाको तत्काल कायम रहेको सांसद संख्याको बहुमत सांसद सहभागी संसदीय दलको शनिवारको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको छ। तत्काल कायम ३२ सांसदमध्ये १९ जनाको उपस्थितिमा सम्पन्न  बैठकले सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको हो।

जसपाको पार्टी आधिकारिताको विवादका कारण दर्ता भएको उजुरीमा आइतबारदेखि निर्वाचन आयोग आयोगले गठन गरेको इजलासबाट छलफल हुदैछ। 

जसपा यादव समूहको साउन २ गतेको बैठकमा १७ सङ्घीय सांसद र तीन राष्ट्रिय सभाका सदस्य गरी २० सदस्य सहभागी भएको जनाईएको छ। जसपाको दुवै सदनका सांसदको संख्या ३५ छ । सङ्घीय सांसद ३२ र राष्ट्रिय सभामा तीन सांसद छन् ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरका पक्षका सांसदहरू अमृता अग्रहरि, नरमायाँ ढकाल, रानी मण्डल र प्रमोद साह यादव पक्षमा गएको जनाइएको छ । महन्थ ठाकुर पक्षका रुही नाज, रामदुलारी खतवनीलगायत पनि उपेन्द्र समूहमै जान तरखरमा रहेको जनाईएको छ । 

शेरवहादुर देउवाको पक्षमा मतदान गर्ने र सरकारमा सहभागी हुँदा यादव पक्षले पाँच मन्त्रालय पाउने गरी सहमति भएको खबर छ । पार्टीको कार्यकारिणी समितिको बैठक साउन ४ गते सोमबार बोलाइएको छ।

उपेन्द्र यादव राजेन्द्र महतो गोकुल वास्कोटा

विशेष