News

गुगलमा 'फटाहा' सर्च गर्दा किन केपी ओली र शेरबहादुर देउबाको तस्बिर देखिन्छ?

गुगलमा 'फटाहा' सर्च गर्दा किन केपी ओली र शेरबहादुर देउबाको तस्बिर देखिन्छ?

प्रविधिको दिग्गज कम्पनी गुगल सर्च इन्जिनमा गएर तपाईंले यति बेला नेपालको फटाहा भनेर सर्च गर्नु भयो भने प्रधानमन्त्री शेरबहादुर देउवा  र पुर्व प्रधानमन्त्रि केपी शर्मा ओलीको तस्बिर अगाडि आउँछ । देउवा हालै असार २९ गते मात्रै सर्वोच्च अदालतको आदेशमा नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएको दुई दिन बित्दा गुगलमा ‘फटाहा इन नेपाल’ अथवा ‘फटाहा अफ नेपाल’ भनेर सर्च गर्दा उनको नाम र फोटो देखाउन थालेको हो । यसको कारण के हो तरु के गुगलमा देखिएको यस्तो घटना यो नै पहिलो घटना हो?

 

पक्कै पनि होइन । किन भने यसअघि पनि गुगल एल्गोरिदमको त्रुटीको कारण यस्ता थप्रै घटना भएका छन् । सन् २०१८ मा ‘इडिएट’ भनेर गुगलमा सर्च गर्दा अमेरिकाका तत्कालिन राष्ट्रपती डोनल्ड ट्रम्पको तस्वीर देखाउने गरेको थियो ।


जसले गर्दा गुगलले अमेरिकी कंग्रेसको न्यायपालिका समितिमै त्यसको जवाफ दिनुपरेको थियो । त्यस्तै सन् २०१९ मा इमरान खान पाकिस्तनको नयाँ राष्ट्रपतिमा नियुक्त भएसँगै उनीमाथि पनि त्यस्तै घटना भएको थियो ।

त्यतिबेला गुगलमा ‘भिखारी’ भनेर सर्च गर्दा पाकिस्तानी राष्ट्रपती खानको फोटो देखाउने गरेको थियो । सन् २०२० मा अफगानी क्रिकेटर रासिद खान र भारतीय नायिक अनुष्का शर्मालाई जोडेर गुगलमा त्यस्तै घटना घटेको थियो ।

त्यतिबेला गुगलमा ‘रासिद खान वाइफ’ अथवा ‘वाईफ अफ रासिद खान’ भनेर सर्च गर्दा अनुष्काको तस्वीर देखाउने समस्या थियो । त्यसैले यस्ता घटना अनेकौं छन् ।

यस्ता विषयमा सम्बन्धित निकायले उजुरी दिएपछि गुगलले तत्कालै यसलाई सच्याउने गरेको पनि गरेको छ । तर, यसरी कुनै शब्दसँग जोडेर व्यक्तिलाई देखाउनुको पछाडिको कारण के हो तरु

‘गुगलले सर्च इन्जिनमा आउने रिजल्टलाई धेरै कुराले निर्धारण गर्छ,’ यसअघि डोनल्ड ट्रम्पको घटनामा गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले अमेरिकी कंग्रेसमा भनेका थिए, ‘यो सबै एल्गोरिदमको काम हो । हामी विभिन्न कि वर्ड लिन्छौं र त्यसलाई विभिन्न पेजसँग दाँजेर दुई सय भन्दा बढी सिंग्नल जस्तै लोकप्रियता, सान्दर्भिकता र समयसापेक्षता लगायतका विषयको आधारमा र्‍याङ्किङ गर्छौं ।’

त्यसैका आधारमा गुगलले उत्कृष्ट परिणाम प्रस्तुत गर्ने गरेको उनको स्पष्टीकरण थियो । कुनै एक व्यक्तिले चाहेर गुगल सर्चको रिजल्ट फरक पर्ने होइन ।

कुनै समूहले चाहेर मात्र पनि हुने होइन । किन भने यसमा धेरै चरणहरू पार गर्नुपर्ने हुन्छ । यो प्रयोगकर्ताले के गरिरहेका छन् भन्ने विषयले निर्धारण हुने कुरा पनि पिचाईले बताएका थिए ।

विशेष