News

माधव नेपाललाई आफनै कार्यकर्तावाट सुरक्षा थ्रेट, घर वरीपरी शंकास्पद गतिविधि

माधव नेपाललाई आफनै कार्यकर्तावाट सुरक्षा थ्रेट, घर वरीपरी शंकास्पद गतिविधि

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई आफनै कार्यकर्तावाट सुरक्षा थ्रेट सुरु भएको छ ।

नेपालमाथि आफ्नै पार्टीमा युवा संघका कार्यकर्ताहरुद्वारा अप्रत्यक्ष रुपमा डराउने र कुनै पनि समय भौतिक आक्रमण हुन सक्ने खतरा वढेको जनाईएको केही दिनदेखि युवा संघका कार्यर्ताले नेपाल तथा उनको पक्षका नेताहरुलाई फाँसी दिनुपर्ने भन्दै पुत्ला जलाउँदै आएका छन् ।

उनीहरुले माधव नेपालको घर घेर्ने भनेपछि सुरक्षामा हिसावले नेपाल संवेदनशिल अवस्थामा रहेको जनाईएको छ । शनिबार साँझ फेन्च राजदूतसँगको भेटघाटपछि घर फर्कने क्रममा नेता नेपालको घर वरिपरी शंकास्पद व्यक्तिहरुको चहलपहल देखिएको थियो । उनीहरु लामो समयसम्म सोहि वस्थाा रहेको श्रोतको दावी छ।

सुरक्षा निकायले पनि यो विषय जानकारीमा लिएको जनाएको छ ।

माधव नेपालका सहयोगी नितेश पौडेलले भने त्यस विषयमा आफुहरुलाई जानकारी नभएको जनाएका छन् । ‘कुनै गलत काम गरेको भए पो सुरक्षा खतरा हुने हो, हामीले त्यस्तो केही गरेका छैनौं’ – उनले भने ।

त्यसमाथि सुरक्षा सम्वन्धि विषय सुरक्षा निकायले हेर्ने भएकाले उनीहरुलाई नै जानकारी हुने पौडलको भनाई छ। उनले थपे–‘यदी त्यस्तो हो भने प्रहरीलाई जानकारी होला, हामीलाई चै जानकारीमा छैन।’
 

माधवकुमार नेपाल सुरक्षा थ्रेट युवा संघ

विशेष