News राजनीति

जिद्धिमा उत्रिए माधव नेपाल– एक्लै रहेपनि देउवालाई विश्वासको मत हाल्छु

जिद्धिमा उत्रिए माधव नेपाल– एक्लै रहेपनि देउवालाई विश्वासको मत हाल्छु

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफु एक्लै रहेपनि शेरवहादुर देउवालाई विश्वासको मत हाल्ने वताएका छन् ।

एमाले ओली पक्षका नेता प्रतिपकुमार ज्ञवालीले नेता नेपालले आफुहरु समक्ष यस्तो प्रतिक्रिया दिएको वताए । ‘पार्टीलार्य एकजुट वनाउनु पर्छ भन्ने लागेर कार्यदलमा रहेका हामीहरु गएका थियौं’ ज्ञवालीले भने–‘तर, वहाँले म एक्लै भएपनि विश्वासको मत हाल्छु भन्नु भयो ।’

कार्यदलमा रहेका उनकै पक्षका नेताहरुले पनि त्यसो गर्न नहुने र जे गरेपनि संस्थागत निर्णय गरेर जानुपर्ने भन्दै सम्झाए पनि नेतालले नमानेको उनको भनाई छ ।

नेपालको यो प्रक्रियाले पार्टीलाई एकजुट वनाएर अघि वढ्ने कुरामा इच्छा नदेखिएको ज्ञवालीको वुझाई छ ।

नेपाल–खनाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय पनि गरिसकेको छ। त्यसै अनुसार नेपाल–खनाल पक्षका सांसदहरुले तयारी गरेका छन् । संसद जोगाउनु आफ्नो कर्तव्य भन्दै नेपाल–खनाल समूहले देउवालाई भेट दिने तयारी गरेको हो ।

त्यदेउवालाई प्रधानमन्त्री बनाउन २३ जनाले अदालतमा निवेदन दिएपनि आज ३५ देखि ४० जनाले देउवाको पक्षमा भोट हाल्ने जनाईएको छ।

दिल्लीमा उपचार गराइरहेका वरिष्ठ नेता खनालले वक्तव्य निकालेरै देउवालाई विश्वासको मत दिन पार्टीका सांसदहरुलाई अपील गरेका छन् ।

खनालले आफ्नो मत पनि देउवा सरकारकै पक्षमा हुने स्पष्ट पारे। सरकारले विश्वासको मत नपाए मुलुकको स्थिति फेरी संकटग्रस्त हुने भन्दै खनालले कुनै पनि अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन एमालेका सांसदलाइ आग्रह गरेका छन् ।

गत असार २७ गते सर्वोच्च अदालतको फैसलाले निकै लामो समयदेखि गलत बाटोमा गइरहेको नेपालको लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई ठिक बाटोमा ल्याएको र संविधानको संरक्षण भएको पनि खनालले बताएका छन् ।
 

नेकपा एमाले माधवकुमार नेपाल शेरवहादुर देउवा विश्वासको मत

विशेष