News

वामदेव गौतमको नेतृत्वमा सरकारमा जाने तयारी गर्दै माधव नेपाल

वामदेव गौतमको नेतृत्वमा सरकारमा जाने तयारी गर्दै माधव नेपाल

नेकपा एमालेको माधवकुमार नेपाल समुहले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा सरकारमा जाने तयारी सुरु गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको नेपाल समुहले आफनो तर्फवाट गौतमलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउन लागेको हो ।

गौतमलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्रीसहित कम्तिमा छ मन्त्री र दुई राज्यमन्त्री पाउनुपर्ने माग नेपाल पक्षले गरेको स्रोतको भनाई छ। 

नेपाल समूहवाट गौतमसहित विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ ‘किसान’, धनबहादुर बुढा र भवनीप्रसाद खापुङको नाम मन्त्री पदका लागि छनौट गरिएको छ।

चौधरी र किसान राज्यमन्त्री बन्ने सम्भावना रहेको स्रोतले जनाएको छ। देउवाले अहिलेसम्म कांग्रेसबाहेक नै २४ वटा मन्त्रालयको माग भइसकेकाले प्रधानमन्त्री देउवालाई यो व्यवस्थापन गर्न मुस्किल भएको छ।
 

वामदेव गौतम माधवकुमार नेपाल

विशेष