News

प्रधानमन्त्री देउवामा देखियो राजतन्त्रको मोह, संयोग हो की संकेत ?

प्रधानमन्त्री देउवामा देखियो राजतन्त्रको मोह, संयोग हो की संकेत ?

प्रधानमन्त्री शेरवहादुर देउवाले आईतवार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा रहेका देउलाई लक्षित गरेर ‘झ्यालवाट पसेको’ भन्दै आलोचना गरे । राजाकै स्वरुपमा सर्वोच्च अदालतले शेरवहादुर देउवालाई प्रधानमन्त्री वनाएको वताएका उनले रिफ्रीले हानेको गोलवाट विजेता भएको पनि वताए ।

यति मात्र होईन, ‘उहिले श्री ५ र आज श्रीमान ५ वाट देउवा झयालवाट छिरेको’ भन्दै सरल भावमा कडा आलोचना गरे । त्यसपछि पालो आयो नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालको । उनी ज्ञवाली र एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध चेतावनीको शैलीमा प्रश्तुत भए ।

नेता रिजालले नेकपा एमालेका नेताहरूलाई ‘धेरै उड्ने वा धेरै गिर्ने’ काम नगर्न सचेत गराए । उनले सरकार कसरी चलाउनु पर्छ हामी देखाउँछौं भन्दै एमालेको सरकारलाई पाठ सिक्न सुझाव दिए । 

तर, उनले एमालेलाई सुझाव दिएको भोलिपल्टै ज्ञवालीको भनाई चै स्वयम् शेरवहादुर देउवाले चरितार्थ गरिदिए । उनले श्री ५ कै शैलीमा ट्वीट गरेपछि सर्वत्र आलोचनाको विषय भएको छ । 

अमेरिकाबाट अनुदानमा प्राप्त जोनसन एन्ड जोनसन खोप लगाउने कार्यक्रमको प्रारम्भ गर्न देउवा नेपाल अर्थोपेडिक अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पताल पुगे।
खोप अभियान सुरु गरेको तस्बिर सहित उनको आधिकारिक ट्विटर ह्यान्डलबाट सार्वजनिक भयो । ट्वीटको पहिलो हरफ हो ‘मेरो सरकारको प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप हो।’

राजाकालमा सरकारलाई ‘श्री ५ को सरकार’ भन्ने गरिन्थ्यो र राजाले सम्वोधन गर्दा मेरो सरकार भन्थे । गणतन्त्र आएपछि मेरो सरकारलाई विस्थापित गरेर ‘नेपाल सरकार’ भन्न थालियो। 


प्रधानमन्त्री देउवाको ट्वीटरमा यसरी राजाकै शैलीमा शब्द प्रयोग भएपछि ‘वाघ पनि करायो, स्याल पनि हरायो’ भनेझै भएको छ । ‘राजावाट टिको लगाएर पटक पटक प्रधानमन्त्री भएका देउवाला गणतन्त्र आएको पत्तै पाएनछन्’ भन्दै अहिले नेकपा एमालेका नेता÷कार्यकर्ताहरु आलोचना गर्न थालेका छन् ।

उसो त नेपाली कांग्रेसका नेताहरु पनि यस्तो शब्द खासै मनपराउँदैन। पवक्ता विश्वप्रकाश शर्मा, नेता गगनकुमार थापा लगायतका नेताहरुले यस्ता शब्दका विरुद्धमा कयौं पटक अभिब्यक्ति दिएका छन् । 

राष्ट्रपति विद्यादेवि भण्डारीले यही शब्द प्रयोग गर्दा प्रवक्ता शर्माले ‘राष्ट्रपतिलाई राष्ट्रपति नै रहन दिऊँ सरकार, राजतन्त्र बिदा गरेका नेपाली नागरिकलाई ‘रानी’बोक्ने कुनै रहन छैन’ भन्दै ट्विट गरेका थिए।

नेता थापाले ‘म त नेपाल सरकार (जनताको सरकार) को नीति तथा कार्यक्रम सुन्न संसद्मा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिम ज्यूको निजी सरकारको कार्यक्रम को पो घोषणा भइरहेछ प्रधानमन्त्री ज्यू भन्दै आलोचना गरेका थिए ।

यतिवेला भने प्रधानमन्त्री देउवाको शब्दका विषयमा कांग्रेसका नेताहरुले कुनै प्रतिक्रिया जनाएका छैनन्।

शेरवहादुर देउवा मेरो सरकार

विशेष