News

केपी ओली सरकारले नियुक्त गरेका राजदुत फिर्ता

केपी ओली सरकारले नियुक्त गरेका राजदुत फिर्ता

सरकारले केपी शर्मा ओली सरकारले विभिन्न देशका लागि नियु्क्त गरेका राजदुतहरु फिर्ता वोलाउने निर्णय गरेको छ। सोमबार सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले जेठ १ गते ओली सरकाले गरेको ११ देशका लागि राजदूत सिफारिस खारेज गर्ने निर्णय गरेको हो।

ओली सरकारले निर्मलराज काफ्ले– अष्ट्रिया, जीवनप्रकाश श्रेष्ठ– इजिप्ट, रमेशचन्द्र पौडेल– श्रीलंका, कृष्णचन्द्र शर्मा– दक्षिण कोरिया, सुम्निमा तुलाधर– अष्ट्रेलिया, जंगबहादुर चौहान– रुस, नारायणप्रसाद संग्रौला– म्यानमार, युवराज कार्की– बहराइन, कुलप्रसाद नेपाल– ब्राजिल, सुमित्रा सुवेदी– डेनमार्क, मेराज मुसलमान– साउदी अरेबियालाई सिफारिस गरेको थियो।

त्यो निर्णय खारेज भएको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वताए ।

यस्तै सरकारले भारतसँगको उडान संख्या थप गर्दै हप्तामा तीन पटक आवतजावतको व्यवस्था गरेको छ । कोभिड महामारीका कारण यसअघि भारतका हप्तामा एउटा उडान मात्र हुने गरेको थियो ।

त्यस्तै सरकारले साउन ६ गते बुधबार इस्लाम धर्मालम्बीको पर्व बकर इदको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको प्रवक्ता कार्कीले बताए । कार्कीका अनुसार मन्त्रिपरिषद्ले खोप उपलब्ध गराउने सम्पूर्ण छिमेकी र मित्र राष्ट्रलाई धन्यवाद दिँदै अनुदान वा खरिबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक र अन्य मित्र राष्ट्रलाई आह्वान गर्ने निर्णय गरेको छ ।

हाल नेपालमा भारतमा उत्पादित कोभिशिल्ड, चीनमा उत्पादित भेरोसेल र अमेरिकामा बनेको जोन्सन एण्ड जोन्सनको खोप लगाइएको छ । भारतले ११ लाख डोज खोप अनुदानमा दिएको थियो भने नेपालले १० लाख डोज खरिद गरेको थियो । चीनले १८ लाख डोज भेरोसेल खोप अनुदान दिएको छ भने नेपालले खरिद गरेर पनि ल्याएको छ । अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत दिएको जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो । 
 

केपी शर्मा ओली राजदूत सिफारिस

विशेष