News

ओली समुहका ‘अपहरण विभाग उपप्रमुख’ श्रेष्ठले दिए देउवालाई मत ! 

ओली समुहका ‘अपहरण विभाग उपप्रमुख’ श्रेष्ठले दिए देउवालाई मत ! 

कोरोना कहर र लकडाउनका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजबादी पार्टीका सांसदलाई मधेशबाट काठमाण्डौं झिकाए । त्यसका लागि सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसान र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल खटिएका थिए ।

कोरोनाको कहरका बीच भएको सो घटना खाशमा ओलीले जसपा फुटाएर सांसद आफ्नो पार्टीमा भित्र्याउने रणनीतिमा आधारित थियो । पुस्पकमल दाहाल प्रचण्ड माधब नेपाल पक्ष एकातिर भएपनि तत्कालीन नेकपाको संसदीय दलमा आफ्नो बहुमत पूर्याऊन ओलीले सांसद तान्ने जुक्ति लगाएका थिए । सो जुक्ति बीचमै तुहिएपछि नेपालको राजनीति ऊथलपुथल भयो ।

सांसद काठमाण्डौ ल्याउन प्रयोग भएको टोलीलाई बिपक्षीले अपहरणकारीको संज्ञा थिए । तर बस्नेत नेतृत्वको तीन सदस्यलाई ओली पक्षले भने शानको रूपमा लियो । बस्नेत–खनाल– किशान एमालेको शान को नारा एमाले युबा पंक्तिले लगायो ।

अहिले तिनै तीन सदस्य मध्यका उपनेता किशानले कित्ता परिबर्तन गरेका छन । प्रधानमन्त्री शेरबहादुर देउबालाई विश्वासको मत नदिने एमालेको निर्णय बिपरीत उभिदिए– ओली–बस्नेतका निकट किशानसहितका आठ जना सांसद ।

प्रेम आलेलगाएत केहीले कित्ता परिबर्तन गर्न सक्ने चर्चा चलेको थियो । तर किशानका बारे ओली पक्षले आशंका समेत गरेको थिएन। ओलीका मानसपुत्रका रुपमा चिनिने बस्नेतसँग हिंडडुल गर्ने, ओलीको जयजयकार गरेर गीत लेख्ने सांसदद्वय शान्ता चौधरी र भगवति न्यौपानेलगायतको नियमित सम्पर्कमा रहन्थे किशान । तर उनै किशानले अन्तिम समयमा कित्ताकाट गरिदिए । 

संसदीय निर्वाचनमा अबिचित रहेका कांग्रेस नेता रामचन्द्र पौडेललाई पराजित गरेपछि उनी राष्ट्रीय राजनीतिमा चर्चित थिए । तनहुँमा किशानको लोकप्रियता उनको बिनयशिलताका कारण धेर छ। त्यसमाथि अरबौंको कारोबारका कारण उनीसँग नेताहरु नजिकै रहन्थे । तर पछिल्लो समय निकटजनसँग किशान भन्थे– नेताका बाहिर ठूला कुरा भित्र बैराग ।

बैराग देखेर बैरागिएकी मन्त्री बन्न लालायित भए किसान श्रेष्ठ ? राजनीतिबृत्तमा प्रश्न छ ।

केपी शर्मा ओली कृष्णकुमार श्रेष्ठ किसान

विशेष