News राजनीति

देउवालाई जुरेको ‘५ अंक’ को संयोग

देउवालाई जुरेको ‘५ अंक’ को संयोग

दुई पटक (५ पुष ०७७ र ८ जेठ ०७८) प्रतिनिधि सभा विघटन गर्दा पनि परिस्थिती आफु अनुकुल नभएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीवाट पदच्युत भए । सर्वोच्च अदालको असार २८ गतेको परमादेश अनुसार नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा नेपालको प्रधानमन्त्री वने ।

राजनीतिका धुर्त खेलाडि एमाले अध्यक्ष ओलीको स्वभाव वुझेका देउवाले दोस्रो पटक पुनस्थापित संसदको पहिलो बैठककै दिन विश्वासको मत लिएर धेरैलाई आश्चर्यचकित वनाई दिए । विश्वासको मत लिन हतार नगर्ने चर्चा चलिरहेका वेला आइतबार अपरान्ह विश्वासको मत लिने गरी बिहानमात्रै संसद सचिवालयमा प्रश्ताव दर्ता गरियो ।

प्रतिनिधि सभामा भएको मतदानमा २ सय ४९ प्रतिनिधि सभा सदस्यमध्ये १ सय ६५ ले देउवाको पक्षमा मतदान गरेका छन्। अर्थात् प्रतिनिधि सभाको बाँकी १७ महिने अवधि अर्थात करिव ५ सय दिनको लागि देउवाको प्रधानमन्त्री पद सुरक्षित भएको छ।

आस्चर्यको कुरा त के छ भने निवर्तमान प्रधानमन्त्री ओली पक्षका र मन्त्री वनिसकेका सांसदले समेत देउवालाई मतदान गरे। एमाले सांसद प्रेम आले, हीरा केसी, पार्वती विशुंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, कृष्णकुमार श्रेष्ठ किसान र विनादेवी बुढाथोकीको मत देउवालाई पर्यो ।

देउवा प्रधानमन्त्री वन्दा यि र यस्ता निकै आश्चर्यपुर्ण घट्नाक्रम देखिए। तर देउवाका प्रधानमन्त्री वन्दा देखा परेका ‘५ अंक’ का केहि संयोगहरु पनि छन् ।

५औं पटक प्रधानमन्त्री
कांग्रेस सभापति देउवा योसहित पाँचौ पटक प्रधानमन्त्री वनेका छन्। पहिलो पटक उनी २०५२ भदौ २७ देखि २०५३ फागुन २९ सम्म, दोस्रो पटक २०५८ साउन ११ देखि २०५९ असोज १८ सम्म, तेस्रो पटक २०६१ जेठ २१ देखि २०६१ माघ १९ सम्म, चौथो पटक २०७४ जेठ २४ देखि २०७४ फागुन ०३ सम्म प्रधानमन्त्री वनेका थिए । 

कहिले श्री ५ वाट, कहिले श्रीमान ५ वाट प्रधानमन्त्री
पछिल्लो पटक सर्वोच्च अदालतको परमादेशवाट प्रधानमन्त्री नियुक्त भएका देउवाको यसअघिको नियुक्ति पनि प्राय आलोचना योग्य नै छन्।

दोस्रो पटक पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो वैठकमा साउन ३ गते देउवाले विश्वासको मत मागेपछि पार्टीको धारणा राख्ने क्रममा एमाले नेता प्रदिप ज्ञवालीले भनेका थिए–‘तत्कालिन राजाकै स्वरुपमा सर्वोच्च अदालतले शेरवहादुर देउवालाई प्रधानमन्त्री वनायो। देउवा रेफ्रिको गोलवाट प्रधानमन्त्री भएका हुन । उहिले श्री ५ वाट र अहिले श्रीमान ५ वाट प्रधानमन्त्री वनेका हुन् ।’

ज्ञवालीले भने जस्तै देउवा २०५८ साउन ११ र २०६१ जेठ २१ गते तत्कालिन राजा ज्ञानेन्द्रको निगाहमा प्रधानमन्त्री भए भने ०७८ असार २८ गते सर्वोच्च अदालतका ५ जना न्यायाधिसरहेको संवैधानिक इजलासको परमादेशवाट प्रधानमन्त्री वनेका हुन । सर्वोच्च अदालतले निवेदकमा माग भन्दा अघि वढेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । 

५ दलिय गधवन्धन
तत्कालिन प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसवाट असन्तुष्ट राजनीतिक दलहरुको मोर्चा तयार भयो । देउवाकै नेतृत्वमा तयार भएको मोर्चामा पनि ५ वटै दल सहभागि थिए ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधवकुमार नेपाल समुह, जनता समाजवादी पार्टी नेपालको उपेन्द्र–वावुराम समुह, र राष्ट्रिय जनमोर्चाको गठवन्धन वनाएर देउवालाई प्रधानमन्त्री वनाउन आन्दोलन गरिएको थियो । 

केपी शर्मा ओली शेरवहादुर देउवा ५ अंक

विशेष