News स्वास्थ्य

भारतद्वारा नेपाललाई १५० आईसियु वेड सहयोग

भारतद्वारा नेपाललाई १५० आईसियु वेड सहयोग

भारतले नेपाललाई १५० वटा आईसियु वेड सहयोग गरेको छ। भारतले नेपालसँग कोभिड–१९ सहकार्यका लागि गरेको प्रतिबद्घता अनुरुप ति बेड हस्तान्तरण गरिएको हो ।

भारतीय राजदूत विनय मोहन क्वात्राले आईतवार कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त वेड हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा राजदूत क्वात्राले अत्यावश्यक स्वास्थ्य पूर्वाधारमा भारतले नेपाललाई सहयोग गर्ने र महामारी व्यवस्थापनमा समग्र रूपमा भारतको निरन्तर सहयोग रहने प्रतिबद्घता जनाए।

मन्त्री कार्कीले भने भारत सरकारको सहयोगको सराहना गर्दै कोविड–१९ बिरूद्धको लडाईमा यो सहयोग महत्वपूर्ण कोसेढुंगा भएको वताए ।

कोरोना महामारी सुरु भएयता भारतले नेपाललाई ६ दशमलव ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग गरेको छ। जसमा अत्यावश्यक औषधी, आरटी–पीसिआर टेस्ट, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री छन्।

गत जनवरीमा भारतले उपलब्ध गराएको १० लाख डोज कोभिशिल्ड खोप पाउने पहिलो मुलुकहरु मध्येको नेपाल पनि एक हो । यसका अतिरिक्त भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज खोप प्रदान गरेको थियो । यसका साथै विआईपिएपी मेसिन, एन्टिजेन परीक्षण सामाग्री, पीपीई, मास्क, एम्बुलेन्स तथा आइसीयु बेड लगायतका स्वास्थ्य सामाग्री पनि सेनालाई हस्तान्तरण गरिएको छ।

भारतले नेपाललाई एम्बुलेन्सको वितरण, स्वास्थ्य क्षेत्रमा नियमित प्रशिक्षण तथा क्षमता विकास कार्यक्रम र अस्पताल, ट्रमा तथा प्रसूति केन्द्र, नेचुरोप्याथी सेन्टर, आँखा हेरचाह केन्द्र लगायतका स्वास्थ्य पूर्वाधारको विकासमा निरन्तरण सहयोग गर्दै आएको भारतीय राजदुतावासले जनाएको छ।

विनय मोहन क्‍वात्रा आईसियु वेड ज्ञानेन्द्र बहादुर कार्की

विशेष