News अपराध सुरक्षा

श्रीमतीको कान काटेर फरार भएका नेपाली पक्राउ

श्रीमतीको कान काटेर फरार भएका नेपाली पक्राउ

आफ्नै श्रीमतीको कान काटेर फरार भएका बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार गाउँका २५ वर्षीय मनोज नेपाली पक्राउ परेका छन् । मनोजले दुई दिनअघि श्रीमती २१ वर्षिया जानकीलाई कुटपिट गरी चक्कुले बायाँ कान काटिदिएका थिए ।


जिल्ला प्रहरी कार्यालय बझाङले जानकीका आफन्तले घटनाबारे जाहेरी दिएको जनाएको छ। घट्ना शनिवार भएपनि उजुरीका आधारमा  मनोजलाई आइतबार पक्राउ गरिएको हो। 

घट्ना भएको एक दिनपछि जानकी काटिएको कानको टुक्रा लिएर जिल्ला अस्पताल बझाङ पुगेकी थिइन्। कसैको सहयोग नपाएपछि उनी असहाय पीडामै बसिन्। शुक्रबारमात्रै एक जना महिलाले उनलाई अस्पताल पु¥याइदिए पछि खबर सुनेर उनका आमा–बुवा पनि आए।

मनोज प्रायः घरमा मदिरा सेवन गरेर आउँथे। गत बुधबार पनि सदाझैँ मदिरा सेवन गरेर आएका मनोजले जानकीमाथि कुटपिट गरेका थिए। उनले बुधबार दिउँसो एक जना आफन्तसँग हाँसेको निहुँमा कुटेका जनाईएको छ।

जिल्ला अस्पतालमा उपचाररत उनको काटिएको कानको शल्यक्रिया भएको छ। शल्यक्रिया सम्पन्न भए पनि कान जोडिने÷नजोडिने निश्चित नभएको चिकित्सकहरूले बताएका छन । 

यसअघि पनि मनोजले उनलाई कुटपिट गर्ने गरेको पाईएको छ । उनको शरिरमा चक्कुले काटेका दागहरू भएको बताइन्।

१५ वर्षको उमेरमा कक्षा ९ पढ्दा नै उनको विवाह भएको थियो। अहिले उनका तीन छोराछोरी छन्। बिहे गरेकै दिनदेखि आफुलाई श्रीमानले गालीगलौज र कुटपिट गर्न थालेको जानकी वताउँछिन् ।

अहिले उनलाई बच्चासहित अल्पकालिन महिला सुरक्षित आवास गृहमा राखिएको छ । डेरा गरी बस्न उनको आर्थिक क्षमताले नभ्याएपछि आफन्तले केहि दिन बास दिन अनुरोध गरेको सेभ हाउसकी प्रमुख गीता शाहीले बताइन्।

जिल्ला प्रहरी कार्यालय बझाङले जानकीका आफन्तले घटनाबारे जाहेरी दिएको जनाएको छ। उजुरीकै आधारमा  मनोजलाई आइतबार पक्राउ गरिएको हो।
 

कान काटेर फरार

विशेष