News राजनीति

फ्लोर क्रस गरेर देउवालाई मत दिने २२ सांसदलाई एमालको २४ घण्टे स्पस्टिकरण

फ्लोर क्रस गरेर देउवालाई मत दिने २२ सांसदलाई एमालको २४ घण्टे स्पस्टिकरण

पार्टी निर्णयविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदलाई नेकपा एमालेले २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

सोमवार वसेको एमाले संस्थापन पक्षको केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने २२ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । स्पष्टिकरणमा चित्त बुझ्दो जवाफ नआए कारवाही गर्ने निर्णय समेत गरिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवालाई मत दिने २२ जनालाई कारवाही गर्ने गरी स्पष्टिकरण सोध्ने प्रस्ताव गरेपछि केन्द्रीय कमिटीले पारित गरेको हो । अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सांसदहरुले आफू खुशी भोट दिन पाउने र त्यसो गर्दा दलले कारवाही गर्न नपाउने फैसला गरेपनि एमालेले कारवाहीको निर्णय गरेको हो । तर त्यो कारवाही सांसद पदसित जोडिन्छ कि पार्टीको आन्तरिक जिम्मेवारीसँग भन्ने अझै प्रष्ट भएको छैन ।

देउवालाई आईतवार वरिष्ठ नेता माधवकुमार नेपाल, प्रेम आले, कृष्णकुमार श्रेष्ठ किसन,  बिना बुढाथोकी, हीरा केसी, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरीले पार्टी निर्णय विपरित देउवालाई भोट दिए।

देउवालाई मत दिनेमा ओली पक्षकै आठ जना सांसद समेत छन् । नेपाल–खनाल पक्षले भने दशौं बैठक भनेर नौटंकी गरिएको भन्दै बहिस्कार गरेको छ । एमालेको बैठकले उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजिनामालाई दिएकोमा त्यसलाई गलत भनेको छ ।

एमाले उपाध्यक्ष बामदेव गौतमले वैठक बहिस्कार गरेका छन्। 
 

नेकपा एमाले स्पष्टिकरण

विशेष