News

एमालेले यी २२ सांसदलाई सोध्दैछ स्पष्टिकरण

एमालेले यी २२ सांसदलाई सोध्दैछ स्पष्टिकरण

पार्टीको निर्णय विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको भन्दै नेकपा एमालेको १० केन्द्रीय कमिटी वैठकले सोमवार नेकपा एमालेका २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गर्यो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीकै प्रस्तावमा केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। उनीहरूलाई पार्टी अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

देउवालाई विश्वासको मत दिनेमा माधव नेपाल पक्षका १४ र ओली समुहकै ८ जना सांसद छन् ।

ओली पक्षका ८ सांसद
प्रेम आले
हीरा केसी
पार्वती विशंखे
कलिला खातुन
समिमा हुसेन
धनबहादुर बुढा
कृष्णकुमार श्रेष्ठ किसान
विनादेवी बुढाथोकी

नेपाल पक्षका १४ सांसद
माधवकुमार नेपाल
रामकुमारी झाँक्री
मेटमणि चौधरी
विरोध खतिवडा,
मुकुन्द न्यौपाने,
निरादेवी जैरु
जिवनराम श्रेष्ठ

लक्ष्मी चौधरी
पुष्पा कर्ण
कृष्णलाल महर्जन
भवानी खापुङ
कल्याणी खड्का
सरला यादव
गोपाल बम

नेकपा एमाले २२ सांसद स्पष्टीकरण

विशेष