News

नेपाल पक्षका सांसदको योजनाः सके ओलीलाई सिद्याउने, नसके नयाँ पार्टी वनाउने

नेपाल पक्षका सांसदको योजनाः सके ओलीलाई सिद्याउने, नसके नयाँ पार्टी वनाउने

शेरवहादुर देउवालाई विश्वासको मत हालेका एमाले खनाल–नेपाल पक्षका सांसदहरुको वैठक सकिएको छ । बुधबार बिहान ११ बजे अर्को वैठक वस्ने गरी आजको वैठक सकिएको हो ।

वुधवारको वैठक काठमाडौंको एक होटलमा बस्ने एक नेताले वताए । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदको मात्रै सहभागिता थियो ।

अध्यक्ष केपी ओली पक्षले विश्वासको मत हाल्ने २२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेपछि सोहि विषयमा छलफल गर्न आजको वैठक वोलाईएको थियो । वैठकमा आफूहरूले उठाएका माग र मुद्दा स्थापित हुँदै गएकाले केपी शर्मा ओली पक्ष छाडेर अझै धेरै सांसद आउने निष्कर्ष निकालिएको छ।

आफूहरूलाई स्पष्टीकरण सोध्ने ओली समूहको निर्णय मिडिया खपतका लागि मात्रै आएको र आफूहरूलाई कतैबाट पनि स्पष्टीकरणको पत्र नआएको विरोध खतिवडाले वताएका थिए । यस्तै सांसद मेटमणि चौधरीले केही सांसद र नेताले नयाँ पार्टी गठनको सुझाव दिएको र कानुन र संविधानअनुसार कसरी अघि बढ्ने भन्ने विषयमा तयारी थालिने बताए।

१५÷२० दिनभित्रै आफूहरू केन्द्रीय कमिटी र संसदीय समितिमा बहुमतमा पुग्ने र केपी शर्मा ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाएर एमालेलाई नयाँ संरचनाबाट एकताबद्ध बनाउने विषयमा पनि बैठकमा छलफल भएको सांसद चौधरीले जानकारी दिए।

सांसदहरूले कानुनले मिलेसम्म नयाँ निर्माण गरेर अघि बढ्न नेपाललाई सुझाव दिएका छन् ।

वुधवारको वैठकमा विश्वासको मत दिने÷नदिने सबैको सहभागिता हुने बताइएको छ।

बैठकले सरकारमा सहभागिता तथा पार्टीमा कसरी अगाडि बढ्ने भन्नेबारे ठोस निर्णय गर्ने एक नेताले वताए ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएकाले देउवाले सरकारमा सहभागी हुन नेता नेपाललाई आग्रह गरिरहेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले पनि दाहाललाई सरकारमा सहभागि हुन आग्रह गरिरहेका छन् ।

नेता नेपालको निर्णयको प्रतीक्षाकै कारण प्रधानमन्त्री देउवाले सरकार विस्तार नगरेको पनि जनाईएको छ। 
 

माधवकुमार नेपाल खनाल–नेपाल

विशेष