News

काठमाण्डौंमा वाँदर जुलुस, रौतहटमा जलाईयो नेता नेपालको पुतला

काठमाण्डौंमा वाँदर जुलुस, रौतहटमा जलाईयो नेता नेपालको पुतला

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि एमालको माधवकुमार नेपाल समुहका सांसदहरुलाई लक्षित गर्दै मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले वाँदर जुलुस निकालेको छ।

कहिले नेताहरुको पुत्ला जलाउने र कहिले साँसदहरुको घर घेर्ने, शंख फुक्नेलगायतका कार्यक्रम गर्दै आएको संघले आज बिजुली बजार पुलमा बाँदर जुलुस निकालेको हो ।

लाल गद्दार होशियार, नेकपा एमाले जिन्दावाद, युवा संघ नेपाल जिन्दावाद, केपी ओली जिन्दावाद, विदेशी दलाल होसियार, राष्ट्रघाती मूर्दावाद, आज होइन भोलिलाई दश वर्ष ओलीलाई जस्ता नारा लगाउँदै निस्केको जुलुस नयाँ बानेश्वरस्थित एभरेष्ट होटलसम्म पुगेको थियो ।

संघले सोमवार उपत्यकाका विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित एमाले सांसदको घर नजिकै एकोहोरो शंख फुकेर र पुत्ला दहन गरेर बिरोध गरेको थियो ।

संघका कार्यकताहरुले रौतहटको चन्द्रनिगाहपुरस्थित माधव नेपालको घर अगाडी पनि पुत्ला जलाएका छन्।

एकोहोरो शंख बजाउँदै पुगेका नेता÷कार्यकर्ताले नेपालको पुत्ला जलाएका हुन्। पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लागेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर अन्तर्घात गरेको उनीहरुको आरोप छ।

उनीहरुले नेता नेपाललाई रौतहट आउन नदिनेसमेत चेतावनी दिएका छन्। युवा संघ रौतहटका संयोजक रबि रानाले नेपालले गद्दारी र अन्र्तरघात गरेको वताए ।

माधवकुमार नेपाल वाँदर जुलुस

विशेष