News अपराध सुरक्षा

टाट पल्टिए काठमाण्डौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल !

टाट पल्टिए काठमाण्डौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल !

काठमाण्डौंको मुटुमा रहेको पुरानो वसपार्कमा वन्ने भनिएको काठमाण्डौं भ्यू टावरको शिलान्यास भएको वर्षौ वितिसकेको छ। निर्माण कार्य भने सुस्त छ। भ्यु टावर निर्माणमा ठेकेदार कम्पनीले जाँगर चलाएको देखिदैन। तर, सम्झौता सकिँदा पनि तिनै ठेकेदारलाई म्याद थप्दै जाने गरिएको छ ।

भ्यू टावर निर्माणका मुख्य ठेकेदार हुन जलेश्वर स्वच्छन्द विकोई विल्डर्सका सञ्चालक मनोज कुमार भेटवाल । अकुत सम्पत्तिका कारण मनोज भेटवाल व्यक्तिगत रुपमा सम्पन्न छन् । उनले सिंगापुरवाट हुण्डी मार्फत करोडौं रुपैयाँ ल्याएको वताईन्छ। तर, उनको सम्पत्ति जुनसुकै अवस्थामा र जसरी पनि प्रयोग गर्न सक्ने अवस्थामा छैन।

सम्पत्ति सुद्धिकरण र अख्तियारसँग उनलाई डर छ। त्यसैले उनी टाठ पल्टेका ठेकेदार मध्येका एक हुन । उनी सधैंभरी पैसा उठाउन आउने मान्छेले घेरिएका हुन्छन। चेक बाउन्स प्रकरणमा उनी पटक–पटक थुनामा पुगेका छन् । 

काम गर्नेलाई पैसा नदिएर सधैं घेरिएर रहने गरेका भेटवालको ‘काठमाडौ भ्यु टावर’ वनाउने हैसियत भने नभएको उनका आसेपासेहरु नै वताउँछन् । सधैं विवादमा परिरहने, चेक वाउन्सको समस्या आईरहने र ब्यवहार राम्रो नभएका कारण बैंक तथा बित्तीय सस्थाले पनि उनलाई पत्याउनै छाडेको उनीहरुको भनाई छ । भेटवालसँग त्यत्रो ठूलो परियोजना बनाउने पैसा नै नभएको वताउनेहरु पनि छन् । तोकिएको समयमा परियोजना सम्पन्न हुन नसक्नुको एउटा प्रमुख कारण पनि यहि भएको उनीहरु वताउँछन् ।

उनले ४ करोड मुद्रा विचलनको मुद्दा खेपेका छन्। भेटवाल प्रभु वैकको कालो सुचिमा छन भने उनको इनोभेटिभ कन्सेप्ट नेपाल पनि कालो सुचिमा रहेको वताईन्छ।

भेटवाल ०७५ वैशाखमा वैंक घोटाला प्रकरणमा पक्राउ परेका थिए । एपेक्स बैंक घोटाला प्रकरणमा संलग्न रहेको तथ्य फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । भेटवालले झापाको दमक नगरपालिका–१७ को कित्ता नम्बरर ४८५ को ०६७७२.६३ वर्ग मिटर जमिन धितो राखेर ऋण लिएका थिए । कमसल धितो राखेर अधिक ऋण लिएको तथ्य फेला परेपछि उनी पक्राउ परेका थिए। यो प्रकरणमा उनले डेढ अर्वभन्दा वढि अपचलन गरेको आरोप छ ।

फागुन २०७६ मा पनि उनी प्रहरी हिरासतमा पुगेका थिए । चन्द्रसिंह धामीले ७५ लाख १० हजार ठगी गरेको आरोपसहित उजुरी दिएपछि उनी भागेर भारत पुगेका थिए। पछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । 

यसैगरी, कामदारलाई शोषण गर्ने र पीडामा राखीरहने विषयमा पनि भेटवाल पहिलो नम्वरमा छन।  भारतीय पेटी कन्ट्याक्टरलाई डर, त्रास र धम्कि दिएर भगाउने गरेको आरोप पनि उनी माथि लाग्ने गरेको छ। काठमाण्डौं भ्यु टावर निर्माणका क्रममा पनि सुरक्षाका मापदण्ड पूरा नगरेको तथा कमसल सामाग्री प्रयोग गरेको भन्दै आलोचना हुने गरेको छ ।

काठमाडौं महानगरपालिकाले २०७१ फागुन ८ गते जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससँग सार्वजनिक निजी साझेदारीमा २९ तले बहुउदेश्यिय काठमाडौं भ्यु टावर निर्माण सम्झौता गरेको थियो । २०७२ कात्तिक २५ गते उपराष्ट्रपति नन्द बहादुर पुनःले टावरको शिलान्यास गरेका थिए । कम्पनीले टावर निर्माणका लागि भन्दै २०७३ साल बैशाख २२ गते पुरानो बस पार्कलाई खुल्ला मञ्चमा सारेको थियो । निर्माणको गति हेर्दा भ्यूटावर पुर्ण हुन अझै वर्षौ लाग्ने सम्भावना छ ।

यस विषयमा जलेश्वर–स्वच्छन्द बिकोइका सञ्चालक मनोज भेटवालको प्रतिक्रिया भने लिन सकिएको छैन। उनको मोवाईल अधिकांश समय स्विच अफ रहने गरेको छ। पैसाको ताकेता गर्नेहरुका कारण उनले फोन नउठाउने गरेको वताईन्छ। 

यो पनि

‘डन ठेकेदार’ भेटवालसँग प्रहरीको अस्वभाविक सेटिङ्ग

काठमाण्डौ भ्यु टावर निर्माणमा जथाभावी खन्दा आसपासका वस्ती धरापमा

प्रहरी र नेता सबैलाइ किनेको दाबी गर्छन भेटवाल !

अव काठमाण्डौंमा यि ब्यक्तिका कारण ट्राफिक जाम वढ्ने, महानगरको सम्पत्तिमा भेटवालको रजाई

अनियमितताको रिपोटिङ्ग गर्ने सञ्चारकर्मीमाथि भौतिक आक्रमण, सञ्चार उपकरण तोडफोड

काठमाण्डौं भ्यू टावर मनोज भेटवाल जलेश्वर स्वच्छन्द विकोई विल्डर्स

विशेष