News कभर स्टोरी अन्तरवार्ता भिडियो

आलमको दबदबा सकिए पनि देउबाको सरकार बनेपछि जेलबाट चलखेल (भिडियो सहित)

आलमको दबदबा सकिए पनि देउबाको सरकार बनेपछि जेलबाट चलखेल (भिडियो सहित)

२८ चैत ०६४ मा हुन लागेको पहिलो संविधानसभा चुनावमा मोहम्मद अफ्ताब आलम रौतहट– २ बाट कांग्रेसका उम्मेदवार थिए । जसरी पनि चुनाव जित्न उनले बुथ कब्जाको रणनीति बनाए । यही योजनाअनुसार उनले भारतको बिहारबाट बम बनाउने कालिगढ झिकाए । बम बनाउने कारखाना भने आफ्ना काका शेख इद्रिसको गाईगोठलाई बनाए । 

भारतीय कालिगढसँगै स्थानीय युवा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र मोहम्मद ओसी अख्तर पनि बम बनाउन सहयोगीका रूपमा खटिए । २७ चैत ०६४ को साँझ गोठमा बम बनाइँदै थियो । तर, असावधानीले अचानक बम विस्फोट भयो । केही युवा घटनास्थलमै ढले, घाइतेहरू ज्यान बचाउन भाग्न थाले । चुनावको अघिल्लो साँझ भएको यो घटना सार्वजनिक हुन नदिन आलमका सहयोगीले घाइतेलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा समातेर बेहोस हुने इन्जेक्सन दिए । 

त्यसपछि उनीहरूलाई बोरामा प्याक गरे र ट्रयाक्टरमा खाँदेर नजिकै रहेको आलमका भाइ महताबको इँटाभट्टामा पुर्‍याए । सशस्त्र प्रहरीको स्कर्टिङमै ट्रयाक्टर इँटाभट्टा पुर्‍याइएको थियो । त्यसपछि घाइतेहरूलाई भट्टीमा हालियो । सिंगै शरीर नछिरेका घाइतेलाई बन्चरोले गिँडेर भट्टीमा हालियो । सबैलाई खरानी पारी प्रमाण नष्ट गरियो । 

बम विस्फोटको १२ वर्षपछि ०७६ असोजमा रौतहट प्रहरीले नयाँ शिराबाट अनुसन्धान थाल्यो । प्रहरीको सक्रियतापछि पीडितहरूलाई पनि बोल्ने साहस आयो, उनीहरूले प्रहरीमा जाहेरी दिए । त्यसकै आधारमा २६ असोज ०७६ मा आलम पक्राउ परे ।

यस्तो जघन्य अपराधपछि सांसद बनेका मोहम्मद अफ्ताब आलम ०६७ मा मन्त्री नै भएका थिए । उनी ०७४ को निर्वाचनमा पनि फेरि निर्वाचित भएका थिए । अहिले फौजदारी अभियोग लागेपछि मात्र उनी निलम्बित भएका छन् । 

अप्ताब आलमको विगत करिब ३० वर्षदेखि नेपाली काँग्रेसबाट राजनिति गर्दै आएकाछन् । संघिय चुनावमा आलम रौतहट२ बाट निर्वाचित नेपाली कांग्रेस सांसद पनि हुन् । अहिले नेपाली काँग्रेसको सरकार बनेपछि आलम थुनामुक्त हुने भन्दै उनको गाउँमा उनि निकट मान्छेहरुले दिपावली बनाएको र विपक्षीमाथि जाईलागेको खबर समेत प्रकाशित भएकाछन् ।

तर रौतहट क्षेत्रनं २ का एकजना युवाले भने अब्ताब आलमको दादागिरी अब नचल्ने बताएकाछन् । अप्ताब आलमकै नातामा नाती पर्ने ती युवा हुन् मोहम्मद जैद राजा । जैद र आलमको एउटै परिवार भएको उनी बताउँछन् । र्जैद नेकपा एमालेको ओली समुहमा राजतिति गर्छन् । स्थानिय चुनावमा २१ वर्षको उमेर मै राजापुर नगरपालिकाको मेयरको उम्मेदवार भएका जैद राजनितिक पृष्ठभुमि भएका युवा हुन् । जैदका बुवाले २०७० सालको चुनावमा हराएका थिए । 

नेपाल आजसँगको संवाद कुरा गर्दै जैदले अप्ताब आलमको दबदबा अब नचल्ने बताएकाछन् । उनि भन्छन्, 'उनलाई हामीले २०७० सालको चुनावमै हराएका थियौँ । अरुको लागि अप्ताब आलम केही होला तर हाम्रो लागि केही होइन । म च्यालेन्ज गर्छु ।' 

आलम नख्खु जेलमा रहे पनि पैसा र प्रभावको भरमा उनको आतंक जिल्लामा अहिले पनि उस्तै छ । आतंक र प्रलोभनकै भरमा पीडितलाई प्रभावित पार्दै आएका उनी शक्तिका आधारमा १२ वर्षसम्म कानुनी कारबाहीबाट पनि बच्दै आएका थिए । 

‘अहिले पनि प्रलोभन र आतंकका भरमा उनले पीडित परिवारलाई बयान फेर्न लगाएको स्पष्ट छ,’ प्रहरी स्रोतको भनाइ छ । उता समसुलले छोरी अमनालाई केही महिनादेखि आफ्नै घरमै राख्दै आएका छन् । बाहिरका कसैसँग पनि भेट गर्न दिएका छैनन् । उनीहरूले आफ्नै पक्षमा मुद्दा लड्दै आएका अधिवक्ताहरूलाई पनि असहयोग गर्न थालेका छन् । 


अप्ताब आलम मोहम्मद जैद राजा

विशेष