गर्भाअवस्था कोरोना खोप लगाउन सकिन्छ? यस्तो भन्छन् स्त्री रोग विशेषज्ञ डा.गणेश दंगाल (भिडियो)

के गर्भवती अवस्था कोरोना खोप लगाउन सकिन्छ? गर्भवती महिलाहरुमा हालसम्म अध्ययन अनुसार यस खोपले गर्भमा रहेको शिशुलाई कुनै असर नगर्ने देखाएको छ । गर्भवती महिलाहरुको जीवन रक्षाका लागि खोप अपरिहार्य रहेको वरिष्ठ स्त्री रोग विशेषज्ञ डा.गणेश दंगालको भनाई छ ।
गर्भवती महिलाहरू कोरोनाभाइरस सङ्क्रमणको उच्च खतराबाट जोगिनै नसक्ने अवस्थामा भएकाले डा.गणेश दंगालले नेपाल सरकारले तत्कालै गर्भवती महिलाई खोप दिनुपर्ने माग गरेकाछन् ।
नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग) ले गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल कोरोना खोप लगाउन माग गरेको छ । नेसोगका अध्यक्ष समेत रहेका प्रा. डा. गणेश दंगालका अनुसार गर्भवती महिलालाई मात्र नभई गर्भमा रहेको शिशुलाई समेत असर पर्न सक्ने हुन्छ । उनीहरुलाई खोपको प्राथमिकतामा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरेको दंगाल बताउँछन् ।
गर्भवती र स्तनपान गराइरहेका (दुई वर्षसम्मका काखे नाबालक भएका) महिलालाई समेत तत्काल समेट्न र प्राथमिकतामा राख्न नेसोगको माग छ । उनीहरुका लागि छुट्टै खोप केन्द्रको व्यवस्था गर्नुपर्ने नेसोगको सुझाव छ ।
यौन-शिक्षा अन्तरवार्ता डा.गणेश दंगाल गर्भवती अवस्था कोरोना खोप