News राजनीति

ओलीले नै पठाए आफ्ना सांसदलाई देउवालाई भोट हाल्न

ओलीले नै पठाए आफ्ना सांसदलाई देउवालाई भोट हाल्न

अध्यक्ष केपी शर्मा ओलीका लागि सांसद अपहरण गर्न समेत पछि नपर्ने तनहुँ क्षेत्र नं. १ वाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ माधव समुहमा लागेपछि नेकपा एमाले ओलीलाई प्रत्यक्ष/अप्रत्यक्ष गाली गर्नेको संख्या वढेको छ। 

किसानले ओलीको साथ छोडपछि उनको सम्पर्कमा रहेका महेश वस्नेत लगायतका अन्य नेताले पनि ओली समुह छोड्ने तयारी गरेको हल्लाले पार्टीमा अझै ठुलो तरंग ल्याएको छ । कतिपय ओली पक्षका नेताले भने मन्त्री पदका लागि श्रेष्ठले ओलीको साथ छोडेको आरोप पनि लगाइरहेका छन्।

माधवकुमार नेपाल पक्षका नेताहरुले भने किसानलगायतका नेतालाई ‘ओलीको सुराकी’ का रुपमा लिएका छन् । एक नेताका अनुसार किसान लगायतका नेतालाई ओलीले शेरवहादुरको पक्षमा भोट हाल्न अह्राएरै पठाएका हुन ।

‘अहिले नै घोषणा गरिहाल्न त मिलेन तर, उहाँहरुसँग भरोसा गर्न सक्ने अवस्था छैन’ ति नेता भन्छन्–‘उहाँहरु सुराकीको रुपमा आएको हुनसक्छ। यदि त्यसो होईन रहेछ भने पनि वहाँहरु विस्वास गर्न सक्ने अवस्थामा चै हुनुहुन्न।’ ओलीका लागि सांसद अपहरण समेत गर्न पछि नपर्ने मान्छे रातारात हामीसँग आयो भने भोली हामीलाई पनि छोड्दैन भन्ने ग्यारेण्टी कसले लिने ?– उनले प्रश्न गरे ।

अध्यक्ष ओलीले माधव पक्षको कार्यकर्ता भेलामा पनि आफना मान्छे पठाईदिने गरेको बताएका थिए। यो प्रकरणमा पनि ओलीले नै उता मत हाल भनेर पठाएको हुन सक्ने नेपाल पक्षका नेताको वुझाई छ। 

किसनले भने आफुले मन्त्रीका लागि ओलीको साथ नछोडेको वताएका छन् । १९÷१९ पटक मन्त्री फेरबदल हुँदा, आफ्नो दलको एकल सरकार हुँदा त मन्त्री हुन नपाएको मैले अब अहिले पाँच÷छ वटा पार्टी मिलेर बनेको सरकारमा मन्त्री हुन्छु भन्ने आशामा देउवालाई विश्वासको मत नदिएको उनले दावी गरेका छन् ।

एमालेको सरकार सञ्चालन, संसदमा खेल्नुपर्ने भूमिका तथा दुई÷दुई पटक संसद विघटनमा पनि आफुले ओली पक्षकै वकालत गरेको वताएका उनले सर्वोच्चको फैसला आइसकेपछि पटक–पटक संसद विघटन गर्नु गलत हो भन्ने लागेर नेपाल पक्षमा लागेको स्पस्टिकरण दिएका छन् ।

सर्वोच्चको फैसलाको सम्मान गर्नुपर्छ भन्ने लागेर आफुले ओलीको साथ छोडेको वताएका किसानले दबाब वा प्रलोभनमा नपरेको वताए ।

यो पनि

महेश बस्नेत पनि माधब पक्षमा !

ओली समुहका ‘अपहरण विभाग उपप्रमुख’ श्रेष्ठले दिए देउवालाई मत !

कृष्णकुमार श्रेष्ठ ‘किसान’ माधवकुमार नेपाल सांसद अपहरण

विशेष