News

ओलीसँग जङ्गिए बामदेव !

ओलीसँग जङ्गिए बामदेव !

माधव पक्षबाट एकतावार्तामा निरन्तर संलग्न नेतात्रय सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण बिष्टले बिहान भेटेर बैठक स्थगननिम्ति आग्रह गर्दागर्दै टेन्टभित्र पसेका एमाले अध्यक्ष केपी ओलीले अर्को पक्षलाई कडा निर्देशन दिएका छन्।

उनले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रीट हाल्ने २३ जना नेतालाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन समयसीमा तोकेका छन्। उनले भने– “यदि दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न । कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सदस्यलाई छुट छैन । यो कुरा किमार्थ स्वीकार्य छैन । त्यसो गर्नु पार्टी फुटको घोषणा हो ।”

उनको उक्त अभिव्यक्तिप्रति उपाध्यक्ष वामदेव गौतमले तत्काल आपत्ती जनाए। हिजो वरिष्ठ नेता माधव नेपालसङ्गको फोनवार्तावारे बैठकलाई उनको व्रिफिङ्ग थियो– मैले भेटौं भनेर हिजो बेलुकी माधवजीलाई फोन गरें । २०–२५ मीनेट कुरा गरें । भेटौं भन्दा मान्नुभएन । ‘मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरूको दवावले मात्र उठाएको हुँ’ भने।
जनअस्था
 

केपी शर्मा ओली वामदेव गौतम माधवकुमार नेपाल

विशेष