News अन्तरवार्ता

'राजनितिक संकट आउँदैछ, महा-रकेट आवश्यकता पर्ला प्रधानमन्त्रि ज्यू सचेत रहनु भनेको थिएँ' (अन्तर्वार्ता)

'राजनितिक संकट आउँदैछ, महा-रकेट आवश्यकता पर्ला प्रधानमन्त्रि ज्यू सचेत रहनु भनेको थिएँ' (अन्तर्वार्ता)

गत वर्षको मंसिरमा प्रधानमन्त्रिले मन्त्रिपरिषद पुर्नगठन गर्दा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित मन्त्रिमण्डलबाट बाहिरिनु परेको थियो । निवर्तमान मन्त्री लालबाबु पण्डित आफूले राम्रो गर्दागर्दै बहिर्गमनमा परेको बताउँछन् । प्रधानमन्त्रीलाई आफूले कुरा बुझाउन नसकेको उनको भनाई छ । 

मन्त्रिमण्डल पुर्नगठन हुँदैगर्दा आफुलाई वर्खास्त गरिदैँछ भन्नेबारेमा जानकारी नभएको पण्डित बताउँछन् । आफ्नो कार्यकालमा सबैभन्दा राम्रो काम गरेको पण्डितको दाबी छ । उनि भन्छन्, ‘मेरो कार्यकालमा सामान्य प्रशासन मन्त्रालयले ‘डिस्टिंकसन’तहको अंक प्राप्त गरेको छ ।  प्रधानमन्त्रि कार्यालयले पेश गरेको प्रतिवेदनमा ८६ प्रतिशत अंक प्राप्त गरेको थियो जुन शैक्षिक भाषामा ‘डिस्टिंकसन’ तहको हो ।’

पुर्व मन्त्री पण्डितले आफु वर्खास्त भए लगत्तै प्रधानमन्त्रि केपी शर्मा ओलीलाई देशमा ठुलो राजनितिक संकट आउने बारे चेतावनी समेत दिएको बताएकाछन् । नेपाल आजको संवादमा उनि भन्छन्, ‘देशमा ठुलो राजनितिक संकट आउँदैछ, महा रकेट आवश्यकता पर्ला प्रधानमन्त्रि ज्यू सचेत रहनु भनेको थिएँ ।’
 

">

लालबाबु पण्डित

विशेष