News

अपाङ्गता भएकाको श्रम शोषण गर्ने एनजिओको प्रचारमा राजेश हमाल !

अपाङ्गता भएकाको श्रम शोषण गर्ने एनजिओको प्रचारमा राजेश हमाल !

काठमाण्डौंको जोरपाटी स्थित नारायणटारमा रहेको विआईए (वोधिसत्व इन एक्सन) फाउण्डेसनमा आश्रय लिएर वसेका अपाङ्गता भएका ब्यक्ति माथि श्रम शोषण भईरहेको गुनासो ब्यापक छ। 

विआईएमा रहेका अशक्त तथा अपांगता भएका ब्यक्तिहरुले थान्का, मुर्ति गलैँचा, डोका, मुर्ति आदि उत्पादन गर्ने गर्छन। तर, त्यसको ज्याला समेत दिईएको छैन । उनीहरुले उत्पादन गरेका धूप, थान्का, एप्लिक, बाँसका डोका, डाला, मूर्ति, पस्मिनाका सल, गलैँचाजस्ता सामानहरु बिआइए इन्स्टिच्युटले विक्रि गर्दछ ।

शारिरिक रुपमा अशक्त व्यक्तिहरुले दिनभरी कडा मिहिनेतका साथ उत्पादन गरेका सामानहरु लाखौ रुपैयाँमा विक्रि गरेपनि व्यवस्थापकले अशक्तहरुलाई भने महिनामा प्रतिव्यक्ति चारहजार मात्रै दिने गरेको छ । 

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० निर्धारण गरेपनि राजधानी भित्रै अवस्था यस्तो हुँदा पनि अनुगमनसम्म भएको पाईदैन । राजनीतिक नेतृत्वले ब्यवस्थापनलाई उल्टै संरक्षण गर्ने गरेका छन् ।

नेकपा एमालेका नेता भिम रावल र विआईएका ब्यवस्थापक गोकर्ण ढुङ्गानाको राम्रो सम्वन्ध छ। ढुङ्गानाको आउजाउ रावलकोमा निकै छ। उनले विआईएका संस्थापक छोग्याल रिम्पोछेलाई पनि वेला–वेलामा रावल समक्ष पुर्याउने गरेका छन् । तर, रावलले विआईएको अवस्थाका विषयमा भने हालसम्म पनि एक शब्द वोलेको सुनिएको छैन ।

अर्कोतर्फ आफनो संरक्षणमा वसेका अपाङ्गता भएकाहरुलाई दुःख दिईरहेको विआईएकाले आफनो प्रचारका लागि भने विभिन्न उपायहरु प्रयोग गर्ने गरेको छ । विआईएले राहत÷सहयोग वितरण गर्ने र खर्च भन्दा वढि प्रचार गर्ने गरेको छ ।

विआईएका कर्मचारी कुनै आपत–विपत परे दशैं आए झै दुइ–चार पोका राहत बोकेर गाउँ–गाउँ डुल्ने गरेका छन् । राहत विरणमा ख्यातिप्राप्त कलाकारहरुलाई उपस्थित गराउने गरिएको छ । क्रिस्चियन एडबाट जातको कुरा चलाउने राजेश हमाल, आनी छोइङ्ग डोल्मा, न्यु बज्रचार्यलगायतका हस्तिहरुलाई राहत वितरणमा प्रयोग गर्ने गरिएको छ । 

राहत वितरणको सकेसम्म भिडियो नत्र फोटो खिचेर प्रचार गरिन्छ। ५/६ सय राहतको फोटो खिच्न ५ लाखको क्यामेरा, क्यामेराको एङ्गल वुझेका मान्छे र क्यामरा नभए आईफोन प्रयोग गरिन्छ। एक करोड र आधा करोड पर्ने गाडिमा लगिएको राहत पीडितले पाउने वेलामा भने ५ सयभन्दा तलनै हुने गरेको पाईन्छ। 

कोरोना, वाढी, पहिरो, भुकम्पलगायतका आपत–विपतमा विआईएले राहतको खेती निकै गर्ने गरेको जानकारहरु वताउँछन् । उनीहरुका अनुसार विआईएले पीडितलाई सहयोग भन्दा पनि आफनो प्रचारका लागि राहत वितरण गर्ने गरको उनीहरुको दावी छ।

यो पनि


भिम रावलको संरक्षणमा विआएका अपाङ्गहरु माथि श्रम शोषण !


विआईएमा अपाङ्गको श्रम शोषण : संस्थापक रिम्पोछे भन्छन्– म ध्यानमा छु, कार्यालयमा सोध्नोस्


विआईएका अशक्तमाथि ब्यवस्थापकको ज्यादतीः मिडियामा वोल्नेलाई निकाली दिने धम्की


दुःख देखाएर चन्दाको ब्यापार गरिएकोमा अपाङ्गता भएकाहरुको प्रचन्ड आक्रोश

विआईए अपाङ्गता भएका ब्यक्ति छोग्याल रिम्पोछे श्रम शोषण भिम रावल राजेश हमाल

विशेष