News

योगीको फोटोमा वावुरामको टाउको दुखाई, कमल थापाले दिए दनक !

योगीको फोटोमा वावुरामको टाउको दुखाई, कमल थापाले दिए दनक !

समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री वावुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको कहिलेकाही सामाजिक सञ्जालमा ठाक–ठुक परिरहन्छ। 

मुलुकको शासकिय ब्यवस्था प्रति विपरित धारणा वोकेर राजनीति गरिरहेका भट्टराई र थापाको अधिकांश ठाकठुक यसै प्रसंगमा देखिन्छ। 

पछिल्लो पटक थापाले खोलामा दुध पोखे (धार्मिक मान्यता अनुसार चढाएको) विषयमा भट्टराईलाई सामाजिक सञ्जामै थर्काएका छन् ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दुध चढाउँदै गरेको फोटो सामाजिक संजालमा सेयर गरेका छन् । जसमा लेखिएको थियो, ‘विश्वास खतरा चिज हो । जसले खोलामा दुध बगाएर मुत्र पिउने बनाउँछ ।’

सोहि स्टाटस सहितको ट्विटलाई भट्टराईले ‘मेरा भारतीय सहपाठीले प्रसारण गरेको’ भन्दै आफ्नो वालमा सेयर गरे। जसको जवाफमा थापाले भट्टराईलाई जनयुद्धका नाममा खोलामा मान्छे वगाएको देखि अनेकन कुरा उठाउदै थर्काएका छन्।

थापाले लेखेका छन्, ‘योगीले खोलामा दूध बगाउँदा तपाईको टाउको दुख्छ, तर तपाईं आफूले खोलामा मान्छेको रगत बगाएको, मान्छेको लास बगाएको, जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनुभयो ?’

वावुराम भट्टराई कमल थापा योगी आदित्यनाथ

विशेष