News

पार्टीको विवादमा जनमतको अपमान, अम्रेस सिंहले पनि राजिनामा दिने

पार्टीको विवादमा जनमतको अपमान, अम्रेस सिंहले पनि राजिनामा दिने

नेपालमा पछिल्लो समय सत्ता समिकरणमा भाग नमिलेपछि र पार्टीमा संघर्ष गर्न नसकेपछि जनताको अपमान गर्ने क्रम वढेको छ। नेकपा एमालेका नेता भिम रावलले सुरु गरेको यो अपमानको सृंखला कांग्रेसमा पनि सल्किएको छ ।

नेपाली कांग्रेका सांसद अमरेशकुमार सिंहले पार्टी भित्रको कृयासिल सदस्यतामा आपत्ति जनाउँदै सांसद पदबाट राजीनामा दिने चेतावनी दिएका छन् । समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँदली भएको भन्दै उनले राजीनामाको धम्की दिएका हुन् ।

नेता रामचन्द्र पौडेल, महामन्त्रीद्धय शशांक कोइराला र पूर्णबहादुर खड्का, नेता शेखर कोइरालालगायतसँग कुराकानी भईरहेको र सभापति शेरवहादुर देउवालाई भेटेर राजीनामा दिने उनको चेतावनी छ।

कांग्रेसका इमान्दार कार्यकर्तालाई पाखा लगाएर ठेकेदार र ब्यापारीलाई क्रियाशील सदस्यता वाँडेको सिंहले आरोप लगाएका छन् ।

सर्लाहीका केहि कांग्रेस कार्यकर्ता समायोजनका नाममा अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई क्रियाशील सदस्यता दिएको तर आफुहरुलाई नदिएको भन्दै पार्टी कार्यालय, सानेपामा धर्ना वसेका छन् ।

यही क्रममा नेता सिंहले आफ्नै पार्टीका कार्यकर्तालाई न्याय दिन नसक्ने हो भने सांसद पदमा बसेर जनताको सेवा गर्न नसक्ने भन्दै सांसद पदवाट राजिनामा दिने धम्की दिएका हुन ।

यसअघि नेकपा एमालेमा देखिएको विवादका कारण एमाले नेता भिम रावलले सांसद पदवाट राजिनामा दिएका थिए । माधव नेपाल पक्षवाट पार्टी एकता कार्यदलको संयोजक समेत रहेका रावलले कार्यदलको सहमति नमानेको र नेपालले आफुखुसी गरेको भन्दै राजिनामा दिएका थिए । प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिन÷नदिने विषयमा भनाभन भएपछि सभामुखलाई राजिनामा पत्र वुझाएर उनी प्रतिनिधि सभावाट वाहिरिएका थिए ।

भिम रावल अमरेशकुमार सिंह

विशेष