News

एमाले सांसदले पाए स्पष्टिकरण पत्र, देउवालाई मत दिएको विषय खुलाईएन 

एमाले सांसदले पाए स्पष्टिकरण पत्र, देउवालाई मत दिएको विषय खुलाईएन 

नेकपा एमालेको संस्थापन पक्षले माधवकुमार नेपाल पक्षका २२ जना सांसदलाई कारवाही गर्ने मनस्थिती वनाएको छ।

उनीहरुलाई बुधबार दिउँसो २४ घन्टे स्पष्टीकरण पत्र पठाइएको छ। स्पष्टिकरणमा कुनै पनि प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिएको विषय उल्लेख गरिएको छैन।

सर्वोच्च अदालतले संविधानको धारा ७६ को ५ अनुसार बनेको सरकारलाई विश्वासको मत दिनु सांसदको व्यक्तिगत अधिकार भएकाले सोही विषयमा कारबाही गर्न नपाइने आदेश दिएकाले ओलीले उक्त कुरा उल्लेख नै नगरी देउवालाई विश्वासको मत दिने एमाले सांसदलाई स्पष्टीकरण सोधेका हुन ।

स्पष्टीकरण सोधिएका १४ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका थिए भने बाँकी सांसद विश्वासको मत दिने प्रकृयामा सहभागि भएक ाथिए । त्यसअघि उनीहरु केपी शर्मा ओलीकै पक्षमा थिए ।

सांसद प्रेमबहादुर आले जेठसम्मा ओली मन्त्रिमण्डलमा वातावरण मन्त्री थिए ।

कुनैमा साउन ४ र कुनैमा ५ गतेको मिति राखेर पठाईएको पत्रमा पार्टीको हितविपरीत विभिन्न भेला गरेको, गुटगत गतिविधि सञ्चालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेकोलगायत आरोप लगाईएको छ।

स्पष्टीकरण सोधिएका सबै सांसदहरूले साउन ३ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। 

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने ओली समूहले सोधेको स्पष्टीकरणको जवाफ नदिने जनाएको छ ।


 

नेकपा एमाले माधवकुमार नेपाल स्पष्टिकरण

विशेष