News

भिम रावलको घुर्कीका अगाडि गले माधव नेपाल !

भिम रावलको घुर्कीका अगाडि गले माधव नेपाल !

साउन ३ गते सभामुखलाई राजिनामा वुझाएर प्रतिनिधि सभावाट निस्किएका भिम रावल वरिष्ठ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग रुष्ठ छन् ।

रावल बुधबारको नेपाल पक्षीय स्थायी कमिटी बैठकमा समेत अनुपस्थित भए। प्रधानमन्त्री शेरबहादुर देउवाला विश्वासको मत दिने/नदिने विषयमा नेताहरुसँग असन्तुष्ट भएपछि रावलले सांसद पदवाटै राजिनामा दिएका थिए ।

रावलले बुझाएको राजीनामाको पत्र अहिले संघीय संसद सचिवालयमा विचाराधीन छ। 

बुधबारको स्थायी कमिटी बैठकमा नेपाल पक्षीय नेताहरुले रावलको राजीनामा रोक्नुपर्ने विषयमा धारणा राखेका थिए । तर, रावल भने घुर्कीको शैलीमा वैठकमै उपस्थित हुन छोडेपछि सोहि विषयमा कुरा गर्न नेपाल आज रावलको टोखा स्थित निवास नै पुगेको जनाईएको छ।

साँझ करिव २ घण्टा उनीहरु विच कुराकानी भएको जनाईएको छ। नेता नेपाल रावलको निवासवाट निस्किएका छन् ।

नेता नेपालको तर्फवाट कार्यदलको संयोजक समेत रहेका रावल उनको जिद्धिका कारण रुष्ठ छन् । कार्यदलमा राखेर सहमती कार्यान्वयमा वास्ता नगरेको आफुलाई अप्ठ्यारोमा पारेको उनको भनाई छ। पछिल्लो समय नेता रावल केपी ओलीसँग नजिकिएको चर्चा समेत सुरु भएको छ ।

भिम रावल माधवकुमार नेपाल विश्वासको मत राजिनामा

विशेष