News राजनीति

कांग्रेसमा कुन गुटवाट को वन्दैछ मन्त्री ?(नामावलीसहित)

कांग्रेसमा कुन गुटवाट को वन्दैछ मन्त्री ?(नामावलीसहित)

सर्वोच्च अदालतले परमादेश जारी गरेपछि प्रारम्भमा सानो आकारको मन्त्रीमण्डल गठन गरेको प्रधानमन्त्री शेरवहादुर देउवाले सरकार विस्तारको तयारी थालेका छन् ।

सरकारको नेतृत्वकर्ता कांग्रेसले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको प्रारम्भिक नामावली तयार पारेको छ ।  महामन्त्री पूर्णबहादुर खड्कासहित कांग्रेसका नेताहरुको छलफलले कांग्रेसबाट मन्त्री बन्नेहरुको लिस्ट वुधवार तयार पारेको हो ।

सभापति देउवाको समूहबाट देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर, महामन्त्री डा.शशांक कोइरालाको समूहबाट सञ्जयकुमार गौतम, महामन्त्री खड्काको समूहबाट कांग्रेस सचेतक पुष्पा भुसाल, वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट राजन केसी  र कृष्णप्रसाद सिटौलाको समूहबाट भीमसेनदास प्रधानको नाम मन्त्री वन्ने लिष्टमा छ।

देउवाले यसअघि आफ्नै समूहका नेता बालकृष्ण खाणलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाइसकेका छन् । 

कांग्रेसले ६ मन्त्रालय पाउने पक्का भएको छ। गठबन्धनको सरकार भएकोले अन्य दललाई पनि समेटनु पर्दा एउटै पार्टीवाट धेरै मन्त्री वन्ने सम्भावना कम रहेको एक नेताले वताए ।

परमादेश शेरवहादुर देउवा नेपाली काँग्रेस

विशेष