News कभर स्टोरी

गाउँपालिकाका कर्मचारीको फुर्तीः अश्लार मेशिनरी वाल नै बनाएर देखाउँछु !

गाउँपालिकाका कर्मचारीको फुर्तीः अश्लार मेशिनरी वाल नै बनाएर देखाउँछु !

बझाङको वित्थडचिर गाउँपालिको अस्पताल निर्माण प्रक्रियाको बारेमा निकै ठुलो रकमको चलखेल भैई ठेक्का सम्झौता भएको आलोचनापछि नेपाल आजले समाचार प्रकाशन गर्दै आएको छ । टेण्डर आह्वान भएको २३औँ दिनमा टेण्डरको विड डकुमेन्ट परिवर्तन गरि स्टोन मेशिनरी वालको सट्टा अश्लार मेशिनरी वाल राखी मिलेमतोमा ठेक्का सम्झौता गरेको आरोप खेपिरहेका गाउँपालिकाका इन्जिनियरले मुख खोलेकाछन् । 


निर्माणाधिन १५ शैयाको अस्पतालमा कमिशनको दाउमा गाउँपालिका करिब छ करोड क्षती गर्न लागेको विश्लेषकहरु बताउँछन् । निर्माण व्यवशायीहरुबीच स्वच्छ प्रतिश्पर्धा बिना कमिशनको लेनदेन गर्न मिल्ने कम्पनीलाई ठेक्का दिन प्राविधिक रुपमा चलाखी गर्दै राज्य कोषको दुरुपयोग गरेको सरोकारवालाहरु बताईरहँदा गाउँपालिका इन्जिनियर सन्देश भण्डारीले अश्लार मेशिनरी वाल नै बनाएर देखाउने दाबी गरेका हुन् । 


उनि भन्छन्, ‘ढुंगा काट्ने हो । काटेर देखाउँछु । डकुमेण्टमा जे छ  त्यही अनुसार काम हुन्छ । त्यो भन्दा दायाँबायाँ जाने हुँदैन । अश्लार मेशिनरी वाल नै बनाएर देखाउँछु ।’ अश्लार मेशिनरी वालको बारेमा जानकारी भने नरहेको उनि बताउँछन् । उनि भन्छन्, ‘यो नयाँ अभ्यास हो । हामी काम क्वालिटी गरेर देखाउँछौँ ।’


भण्डारी गाउँपालिकामा आएको करिब १ वर्ष पुरा भएको छ । उनि गाउँपालिकामा भर्खरै सेवा प्रवेश गरेका कर्मचारी हुन् । अश्लार मेशिनरी वाल भनेको केहो । कस्तो प्रविधि आवश्यक पर्छ र कता प्रयोग गरिन्छ भन्ने सामान्य जानकारी समेत नभएका भण्डारीले हास्यास्पद शैलीमा ढुंगा काट्ने हो काटेर देखाउँछु भनेकोमा निर्माण व्यवशायी भने छक्क परेकाछन् । जिल्लामा विगत लामो समयदेखि निर्माण सम्बन्धी काम गर्दै आएका व्यवशायी बझाङ जस्तो दुर्गम ठाउँमा अश्लार मेशिनरी वाल गर्नै नसकिने दाबी गर्छन । अश्लार मेशिनरी भनेको के हो भन्ने समेत जानकारी नभएका भण्डारीले यस्तो किसिमको फुर्ती लगाउनुमा डिपिआर तयार गर्ने कन्सल्टेन्सीको सल्लाह रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार अस्पतालको डिपिआर तयार गर्ने कन्सल्टेन्सीले नै भण्डारीलाई टेण्डरमा के कस्तो गरे कमिशन चल्ने कम्पनीसँग कारोबार गर्न सकिन्छ भनेर पुरै कोचिङ गरिएको छ । स्रोत भन्छ, ‘भण्डारी त कठपुतली जस्तो हुन् । यीनलाई प्रयोग गर्ने मुख्य भुमिका डिपिआर तयार गर्ने कन्सल्टेन्सीको हो ।’


यता डिपिआर तयार पार्ने कन्सल्टेन्सी एक जना प्रभावशाली नेताको संरक्षणमा सञ्चालन गरिएको जानकारहरु बताउँछन् । प्रभावशाली भनिएका ती नेताको आफ्नै कनेक्सनमा प्राविधिक रुपमा चलाखी गरेर डिपिआर तयार पारिने गरेको र कमिशन चल्ने कम्पनीलाई ठेक्का दिने गरिएको जानकारहरु बताउँछन् । एकजना निर्माण व्यवशायी भन्छन्, ‘जिल्लाका ठुला र महत्वाकांक्षी योजनाहरु तिनै नेताको संरक्षण र प्रभावमा सञ्चालन हुन्छन् । उनको सबैतिर राम्रो प्रभाव भएको हुनाले कसैको केहि लाग्दैन । बझाङमा आउने ठुला योजनामा उनि माफिया जस्तै हुन् । राजनितिको आडमा राज्यको रकम निकै दोहन गरेकाछन् ।’


अस्पतालको बारेमा समाचार प्रकाशन भएपछि इन्जिनियर भण्डारीले कन्सल्टेन्सीसँग र प्रभावशाली भनिएका ती नेताहरुसँग आफुलाई अप्ठ्यारो पर्दै गएको भनेर फोन सम्पर्क गरेको स्रोतले जनाएको छ । भण्डारीले आत्तिदै फोन गरेपछि ती नेताले भण्डारीलाई निर्धक्क हुन सुझाएको स्रोतले जनायो । कसैले केहि गर्न नसक्ने भएकाले निर्धक्क भएर काम गर्नु । ‘किन अश्लार मेशिनरी वाल’ राखेको भनेर प्रश्न गरे जे व्यवस्था डकुमेन्टमा गरेको छ त्यहि अनुसार काम हुन्छ भन्नु बाँकी म हेरौला । काम सुरु भएपछि के गर्ने के नगर्ने त्यो हाम्रो हात भित्रको कुरा हो ।’ भन्दै ती नेताले भण्डारीलाई आश्वासन दिएको स्रोतले बताउँछ ।


यता गाउँपालिका अध्यक्ष प्रेम बोहराले पनि अस्पतालको ठेक्का सम्झौता गर्नमा सम्पुर्ण हात इन्जिनियर भण्डारीको रहेको बताएकाछन् । उनले अस्पतालको विड डकुमेन्टमा के भएको छ भन्नेबारेमा जानकारी समेत नरहेको बताएकाछन् । अध्यक्ष बोहराले विड डकुमेन्टमा आफुले हस्ताक्षर समेत नगरको जानकारी दिए । सार्वजनकि खरिद नियमावली विपरित टेण्डर आह्वान गरेको २३औँ दिनमा नाटकिय ढंगमा विड डकुमेन्ट संशोधन गरिएकोबारे अध्यक्ष बोहरा अनविज्ञ छन् । उनि भन्छन्, ‘इ विडिगं गर्ने बारेमा मलाई ज्ञान नभएकाले सबै जिम्मेवारी इन्जिनियरलाई दिएको थिए । उहाँले के गर्नु भएको छ मलाई केहि पनि थाहा छैन । अस्ति एक जना सरले फोन गरेर इविडिगंमा प्रक्रिया नमिलेको जानकारी गराएपछि मैले इन्जिनियरलाई पनि गलत गरे जागिर पनि जानसक्छ है इन्जिनियर साब भनेर  चेतावनी पनि दिएको छु ।’

यो पनि


प्राविधिक चलाखी गरेर मिलाईयो ठेक्का, प्रभावशाली नेताको संरक्षणमा ठेक्का सम्झौता

बित्थडचिरको अस्पताल निर्माणमा 'सेटिङ', वातावरण मिलाउन प्रयोग गरियो ‘अस्लार मेशिनरी वाल’

वित्थडचिर गाउँपालिको अस्पताल

विशेष