News राजनीति

प्रधानमन्त्री ओलीले वामदेवलाई भने– अब आउने जाने गरिरहने हैन

प्रधानमन्त्री ओलीले वामदेवलाई भने– अब आउने जाने गरिरहने हैन

नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कमिटीको शुक्रवारको वैठक ६ बुँदे प्रस्ताव पारित गर्दै शनिवार पुनः बस्नेगरी सकिएको छ।

अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको उक्त बैठकमा पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालको समूहले भने सहभागिता जनाएन । तर, उपाध्यक्ष वामदेव गौतम भने वैठकमा उपस्थित थिए । उनको यो उपस्थितीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

बैठकमा गौतमले पार्टी एकताको पहलका लागि आफूलाई जिम्मा दिन आग्रह गरे। एक नेताले भने– ‘एकताका लागि मलाई जिम्मेवारी दिनुस् भन्नुभयो, अनि अध्यक्षज्यूले प्रयत्न गर्नुस् भन्नुभएको छ।’ 

गौतमले ‘मैले जिम्मा पाएँ भने पार्टीलाई छिन्नभिन्न हुन दिन्न’ भन्दै एकताका लागि जिम्मेवारी मागेको ति नेताले वताए ।

प्रतिउत्तरमा ओलीले ‘तपाईँलाई विशेष जिम्मा भयो, लाग्नुस्। तर तपाईँ विगतमा पनि ठिक ठाउँमा नउभिएकाले यो पार्टीमा समस्या उत्पन्न भयो। तपाईँले अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन खोज्ने र अनुशासन उल्लङ्घन गर्नेलाई र पार्टी जोगाउने काँध हाल्नेलाई पनि उस्तैउस्तै देख्ने प्रवृत्ति ठिक भएन’ भनेका थिए ।

ओलीले गौतमलाई ‘अब आउने जाने गरिरहने हैन’ भनेका थिए भने जवाफमा गौतमले ‘मैले एकता अभियान चलाएँ, तपाईँहरू कोही पनि आउनु भएन’ भन्दै गुनासो गरेका थिए ।
 

नेकपा एमाले केपी शर्मा ओली वामदेव गौतम

विशेष