News विदेश मुख्य समाचार राजनीति

इमिरेट्स एयरलाइन्सले भारतमा निशुल्क स्वास्थ्य सामाग्री ढुवानी गर्ने

इमिरेट्स एयरलाइन्सले भारतमा निशुल्क स्वास्थ्य सामाग्री ढुवानी गर्ने


दुबई । संयुक्त अरब इमिरेट्सको सबैभन्दा ठुलो इमिरेट्स एयरलाइन्सले भारतमा कोभिड १९ बिरुद्धको स्वास्थ्य सामाग्री निशुुल्क ढुवानी गर्ने भएको छ ।
भारतमा कोरोना माहामारीको समयमा इमिरेट्स एयरलाइन्सले भारतको नौ शहरहरुमा निशुल्क स्वास्थ्य सामाग्री ढुवानी गर्ने बताएको छ । इमिरेट्स एयरलाइन्सले भारतको नौ शहरहरु नयाँ दिल्ली, मुम्बई, बेंगलुरु, कोलकत्ता, अहमदाबाद, चेन्नई, कोचिन, हाइदराबाद र त्रीभन्द्रुममा प्रत्येक साता ९५ वटा उडान गर्ने बताएको छ । कोरोना माहामारीको दोस्रो लहरको चपेटामा परेको भारतमा विश्वका विभिन्न मुलुकहरुले स्वास्थ्य सामाग्री सहायता गरिरहेका छन् । गत महिना कतार एयरवेजले पनि तीन सय टनको स्वास्थ्य सामाग्री निशुल्क रुपमा भारतमा ढुवानी गरेको थियो । दुबई तथा विभिन्न शहरहरुबाट हवाई विमानमार्फत भारतमा निशुल्क स्वास्थ्य सामाग्री ढुवानी गर्ने यूएई ले जनाएको छ । दुबईस्थित आपतकालीन मानवीय सहायता परिवहन केन्द्र इन्टरनेसनल ह्युमनीटेरियन सिटीले भारतमा स्वास्थ्य सामाग्री आपुर्तिको बन्दोबस्त गर्ने बताईएको छ । स्रोत द स्टार

 

विशेष