News Breaking News मुख्य समाचार देश प्रदेश २

हस्तान्तरण नहुँदै भाँसियो लुम्बिनी बिल्डर्सले बनाएको सिराह र धनुषा जोड्ने कमला पुल

हस्तान्तरण नहुँदै भाँसियो लुम्बिनी बिल्डर्सले बनाएको सिराह र धनुषा जोड्ने कमला पुल

काठमाडौं ।  भर्खरै निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला पुलको भाँसिएको छ ।

सिरहाको बसपिट्टा घाटस्थित लुम्बिनी बिल्डर्स जेभीलाई जिम्मा दिएर निर्माण गरेको उक्त पुलमा रहेको १९ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भाँसिएको छ ।

विगत दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण कमला नदीमा यस वर्ष गतवर्षको तुलनामा करिव १ मिटर बढी पानिको सतह बढेको छ । सञ्चालन नुहँदै पुलको पिलर भासिएको छ ।पानिको सतह बढ्दा पुल भाँसिएको विज्ञहरुको भनाई छ ।

४ सय ७० मिटर लामो पुल निर्माणको जिम्मा पप्पु-लुम्बिनी जेभीलाई गत २०६८ सालमा दिइएको थियो ।पुल निर्माणको पूरा जिम्मा लुम्बिनी बिल्डर्सलाई दिइएको थियो ।

११ मिटर चौडाई रहेको कमला पुल १२ एस्पानको छ । नदीको दुबैतीर तटबन्ध बनाएर बहाब पुलभित्र छिराएको छ ।

कमलामा पुल नहुँदा सिरहा र धनुषाका लाखौं मानिस प्रत्यक्ष प्रभावित हुँदै आएका छन् ।

विशेष