News

प्रधानमन्त्री ओलीले जग हँसाएः वावुराम

प्रधानमन्त्री ओलीले जग हँसाएः वावुराम

पुर्वप्रधानमन्त्री वावुराम भट्टराईले ‘पर्सिदेखि कोरोना खोप’ भनेर केपी ओलीले जग हँसाएको आरोप लगाएका छन् ।

जसपाको संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले शुक्रवार ट्वीट गर्र्दै प्रधानमन्त्रीलाई यस्तो आरोप लगाएका  हुन ।

उनले ट्वीटरमा लेखेका छन्–‘देशमा कोरोनाको संक्रमणदर २०–२५% रहनु र पूरा खोप लगाउनेको संख्या ३ प्रतिशतभन्दा कम हुनु गम्भीर कुरा हो। अनि पूरा खोप नलगाएकाहरू वैदेशिक रोजगारीबाट बन्चित हुनु घाउमाथि नूनचुक छर्कनु हो। यस्तोमा सबैलाई छिटो खोप उपलब्ध गराउनु सरकारको मुख्य काम हैन? ’पर्सिदेखि सबैलाई खोप’ भनेर जग ह“साउने हो?’

शुक्रबार बालुटारमा भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेकपा एमाले अध्यक्ष एवम् प्रधामन्त्री केपी शर्मा ओलीले केही दिनमै चीनबाट खोप आउने जानकारी दिएका थिए ।

भारतबाट दोस्रो डोज नआउँदा समस्या भएको भन्दै उनले विपक्षीहरुले भ्याक्सिन नदेउ भनेर दाताहरुलाई अनुरोध गरिरहेको आरोप लगाएका थिए । ‵केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिङ गरिरहेका छन्′– उनले भनेका थिए।

विशेष