News राजनीति

माधव नेपाललाई राष्ट्रपतिको साथ, यस्तो छ भण्डारीको वाध्यता

माधव नेपाललाई राष्ट्रपतिको साथ, यस्तो छ भण्डारीको वाध्यता

सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीवाट गलहत्याएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमेतले उनको साथ छोड्ने तयारी गरेकी छिन् ।

ओली प्रधानमन्त्रीवाट हटे लगत्तै उनको पक्षमा रहेका केहि नेताले साथ छोडिसकेको, केहिले छोडने मानसिक्ता वनाई रहेका वेला राष्ट्रपति भण्डारीसमेतले माधवकुमार नेपालतर्फ झुकाव राख्न थालेको चर्चा सुरु भएको छ । 

माधव नेपाल पक्षको मंगलवारको वैठकमा नेताहरुको गरेको व्रिफिङ अनुसार १५ दिन भित्रै साविक एमालेको केन्द्रीय कमिटी र संसदिय दलमा वहुमत पुग्ने दावी गरेका छन् । केहि नेता आफुहरुको पक्षमा खुली सकेको र केहिले आवश्यक्ता पर्दा साथ दिने वचन दिएको उनीहरुको भनाई छ । 

एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएसंगै ओली पक्ष थप रुष्ट छ । यहीँ कारण माधव पक्षका २२ सांसदलाई एमालेले स्पष्टिकरण सोध्ने निर्णय गर्यो । तर माधव पक्ष ओलीको स्पष्टिकरण र कारबाहीमा डराएको छैन । बरु ओली भन्दा बलियो भएर उभिने तयारीमा छ ।

ओलीले वरिष्ठ नेता नेपालबाहेकको एमाले एकता गर्ने योजना वनाएका छन् । उनले माधवलाई चिढ्याउने र अरुलाई फकाउने काम गर्दै आएका छन् । यसअघि पनि एमाले एकताका लागि बनेको कार्यदलमा समेत अध्यक्ष ओलीले माधव पक्षका सदस्यहरुलाई सकभर आफ्नो पक्षमा ल्याउन हरसम्भव प्रयास गरेका थिए ।

भीम रावलले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वास दिनु अघि नै राजीनामा दिनुलाई त्यसैको कडिको रुपमा वुझने गरिएको छ। आफुतिर रावलको झुकाव देखिएपनि आफनै विश्वास पत्र नै माधवतिर लागेपछि ओलीमाथि थप बज्रपात परेको छ ।

ओली सरकारमा वनमन्त्री रहेका प्रेम आलेदेखि ओलीलाई बचाउन सांसद अपहरण गर्नसम्म अघि सरेका कृष्णकुमार श्रेष्ठ ‘किशान’ समेत माधवको कित्तामा पुगेका छन् । ओली पक्षका अन्य नेता पनि माधव कित्तामा जाने तयारीमा रहेको संकेत किसान र आलेवाट पाईने जानकारहरु वताउँछन् ।

यसैक्रममा राष्ट्रपति भण्डारीको झुकाव पनि नेपाल पक्षमा देखिएको जनाईन्छ। राष्ट्रपति एमालेको तेस्रो गुट भएको दावी गर्ने एमाले नेताहरु भन्छन्–‘राष्ट्रपति भण्डारी समुहमा गनिदै आएका पृथ्वीसुब्बा गुरुङ निकटस्थ कृष्णकुमार श्रेष्ठ ‘किशान’ माधव पक्षमा लागेपछि ओलीमाथि वज्रपात परेको छ।’

ओलीको एसम्यान भएको भन्दै माधव पक्षसहितको गठबन्धनले महाअभियोग लगाउने चर्चा चलिरहेको छ। अर्कोतर्फ प्रदेशको अवस्था पनि जोगाउनु पर्ने भएकाले उनी नेपाल प्रति लचक हुने सम्भावना देखिएका छन् ।

केन्द्रमा ओली ढलेपछि प्रदेशमा एमाले नेतृत्वको सरकारमाथि आक्रमण हुन सक्ने भण्डारीलाई आशंका छ। एकालेका मुख्यमन्त्री मध्ये प्रदेश १, बागमति प्रदेश र लुम्बीनी प्रदेशका मुख्यमन्त्री राष्ट्रपति निकट नै छन् । उनीहरुलाई आक्रमणवाट जोगाउन पनि राष्ट्रपतिले नेपाललाई साथ दिनु पर्ने वाध्यता रहेको एमाले श्रोतको वुझाई छ।

सर्वोच्च अदालत केपी शर्मा ओली विद्यादेवी भण्डारी माधवकुमार नेपाल

विशेष