ओलीविहिन एमाले वनाउने यस्तो छ नेपाल पक्षको योजनामा
नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको अन्तर्द्वन्द्व चरम उत्कर्षमा छ। यद्यपी पार्टी एकता जोगाउनु पर्छ भनेर लागेका दोस्रो तहका नेताहरुले दुवै नेतालाई मिलाउन प्रयास जारी नै राखेका छन् ।
विवाद समाधानकै लागि दुवै नेता मिलेर कार्यदल वनाए । कार्यदलले १० वुँदे सहमतिको प्रस्ताव तयार गरेर नेताहरुलाई वुझायो । एमाले विवाद समाधान गर्न गठित कार्यदलले गरेको सहमति र असन्तुष्ट नेपाल पक्षले राख्दै आएको माग वमोजिम संस्थापन पक्षले सोमवार दशौं केन्द्रीय कमिटीकै हैसियतमा वैठक वोलायो ।
तर, माधव नेपाल पक्षले वैठकमा सहभाागिता जनाएन । वैठकमा सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले नेपाललाई कम्युनिष्ट आन्दोलनको गद्दारको संज्ञा दिए । ओलीले आफनो पार्टीको सरकार ढाल्न र आफुलाई प्रधानमन्त्रीवाट वहिर्गमन गर्न मुख्य भूमिका खेलेको आरोप नेपलमाथि लगाउँदै आएका छन् ।
आईवाटर एमालेकै २२ जना सांसदले शेरवहादुर देउवालाई विश्वासको मत दिएपछि ओलीको पारो अझै तातेको छ। त्यसैले उनी नेपालसहित देउवालाई मत दिने सांसदप्रति खनिदै आएका छन् ।
अर्कोतर्फ नेपाल पक्षले ओली विनाको एमाले वनाउने अभियान सुरु गरेको छ । साविकको पार्टी भित्रै आफूहरूको बहुमत पुग्ने भन्दै अध्यक्ष ओली बिनाको पार्टी बनाउन सकिने विषयमा नेपाल पक्षका सांसदहरुले छलफल सुरु गरेका छन् ।
देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग नेपालले मंगलबार गरेको छलफलमा केन्द्रीय सदस्य एवम् सांसद मेटमणि चौधरीले केही दिन पर्खिए केन्द्रीय कमिटी र संसदीय दलमा समेत आफूहरूको बहुमत पुग्ने दावी गरे ।
अध्यक्ष ओलीलाई हटाउन सकिने विषयमा उनले नेता नेपाललाई ढुक्क हुन आग्रह गरेको श्रोतले जनाएको छ ।
सांसद विरोध खतिवडाले आफूहरूसँग ओली पक्षबाट १४ जना सांसद थपिएको दाबी गरेका छन् । मतदानका समयमा ओलीको मन्त्री वनिसकेका र उनको विश्वास पात्र भनिएकासहित ८ जना सांसद खुलेरै आएको वताएका उनले ‘अरू पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ’ भन्दै ओलीलाई केन्द्रीय कमिटी र संसदिय दल दुवैतर्फ अल्पमतमा पार्न सकिने जुक्ति सुझाए ।
सांसद रामकुमारी झाँक्रीले त अध्यक्ष ओलीले अध्यक्ष पद छोडे पार्टी एकता हुने वताउँदै मार्ग प्रसस्त गर्न सुझाव दिएका छिन् ।
आवेग र कुण्ठाबाट ग्रसित भएर आफूहरूसँग बदला नलिन उनले ओलीलाई सचेत गराईन । ‘लोकतन्त्रलाई बचाउन चाहनुहुन्छ भने तपाईंले मार्ग प्रशस्त गर्नुस्। तपाईंले पार्टी अध्यक्ष छोड्नुस्’ उनले भनिन्–‘तपाईले छोड नेकपा एमाले एकताबद्ध हुन्छ।’ पटकपटक बदलाको भावना लिने र रिसाएको बिरालोले खाँबो चिथोरेजस्तो गरे त्यसले आफैलाई घाटा हुने उनले वताइन।
नेपाल पक्षले आफू पक्षीय सबै केन्द्रीय सदस्य र सांसदहरूसहितको बैठक आज ११ बजे बोलाएको छ। पार्टी विभाजन गर्ने÷नगर्ने विषयमा आजको बैठक निर्णायक हुने बताइएको छ।
केपी शर्मा ओली माधवकुमार नेपाल