News

देउवाको स्टन्टले गगन थापालाई मर्नु न वाँच्नु !

देउवाको स्टन्टले गगन थापालाई मर्नु न वाँच्नु !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् । यो रोग पूर्णरुपमा निको नहुने र रोकथाममात्र गर्न सकिने डाक्टरहरु वताउँछन्।

सीतालाई यसअघि अमेरिका, सिंगापुर र भारतका विभिन्न अस्पतालमा लगेर उपचार गराइसकिएको छ । यही वैशाख दोस्रो साता पनि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले तीन दिनपछि डिस्चार्ज गरेपछि उनी हाल खुमलटारस्थित निवासमै छिन् ।

सीता अस्वस्थ भएको जानकारी नपाउने नेपाली सायदै होलान। तर, यत्रो वर्षदेखि थाहा नै नपाएझै गरेर वसेका प्रधानमन्त्री शेरवहादुर देउवा विश्वासको मतपछि सिता दाहाल विरामी भएको ‘अहिले भर्खरै’ जानकारी पाएझै गरी स्वास्थ्य अवस्था वुझ्न मंगलवार खुमलटार पुगे । प्रचण्डले ‘प्रधानमन्त्री ज्यू’ भन्दै चिनाएकोदेखि देउवासँग भेट गर्न प्रचण्डले आफनो कुर्सी नै सारेको भन्दै प्रचारवाजी गरियो। प्रचण्ड र देउवाले विरामी सीताको नाममा समेत ‘स्टण्ट’ देखाउन छोडेनन् ।

यहि क्रममा देउवाले प्रचण्ड निवासवाटै अर्को स्टण्ट थपे । भारतको दिल्ली स्थित एपोलो अस्पतालमा उपचार गराई रहेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई फोन गरेर ‘ढुक्क भएर उपचार गर्नोस, लागेको खर्च सरकारले ब्यहोर्छ’ भनिदिए ।

केन्द्रका अध्यक्ष प्रचण्डकै मोवाईलवाट देउवाले गरेको यो कुराकानी उनकै पार्टीका केन्द्रीय सदस्य एवम् सांसद गगन थापालाई भारी परेको छ। केहि समयअघि मात्रै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले खनालको उपचार खर्च सरकारले ब्यहोर्ने वताउँदा थापाले ओलीको सातो उडाएका थिए । उनले ट्वीटरमा लेखेका थिए–‘उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गर्ने र मन्त्रीपरिषद्ले निर्णय गर्ने प्रचलन थियो। यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास ग¥यौँ र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौँ। तर पनि प्रधानमन्त्रीको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन।’

उनले धारावाहिक रुपमा ट्वीट गर्दै भनेका छन्– ‘कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा मैले नै ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने संशोधन प्रस्ताव राखें। यो संशोधन संसदले स्विकार्दै बनेको कानून २०७५÷६÷२ गतेदेखि लागूभयो। कानुनले स्पष्ट भन्छ जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न मिल्दैन।’

यती लेखिसकेपछि थापाले प्रधानमन्त्री ओलीलाई ‘अब भन्नुस् पूर्व प्रधानमन्त्रीको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो?’

गगनले यो ट्वीट गरेको ठिक १० दिनपछि उनकै पार्टीका सभापति एवम् प्रधानमन्त्री देउवाले फेरी त्यहि कुरा भनेपछि उनलाई अहिले ‘मर्नु न वाँच्नु’ भएको छ। सर्वसाधारणले सामाजिक सञ्चालमा थापालाई प्रश्न गरिरहेका छन्–‘माननिय गगन जी, कहाँ हुनुहुन्छ ?’

यही लाज छोप्न थापाले आज फेरी अर्को ट्वीट गरेका छन् । कानुनी ब्यवस्थाहरुको चाँङ राखेर गरिएको ट्वीटमा प्रधानमन्त्रीले वोलेको कुरा भन्दै आएको समाचार गलत होस भन्दै मिडियालाई नै झुठो सावीत गर्न खोज्ने धङधङी पनि देखाएका छन। उनले लेखेका छन्–‘सम्माननीय प्रधानमन्त्री, कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ।’

यस्तो छ गगन थापाको वुधवारको भनाई

२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा ुुप्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैनूभन्ने व्यवस्था छ र उक्त कानून २०७५र६र२ गतेदेखि लागू भइसकेको छ। 

यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति,प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन।कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्मानीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ।

जहाँसम्म पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारको सन्दर्भ छ हामी सबै वहाँको शीघ्र  स्वास्थ्य लाभको कामना गरिरहेका छौँ।नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्याउनु भएका झलनाथ खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई जसरी उभ्याउनु भएको छ यसले उहाँको कद अझ बढेको छ।झलनाथ खनाल समेतको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसदमा सँगै काम गर्न हामी प्रतीक्षारत छौं। मलाई विश्वास छ हाम्रो चाहना छिटै पुरा हुनेछ।

उहाँको उपचारको लागि परिवार, स्वजन, पार्टी पङ्क्ति लागिरहेकै छ।उहाँलाई उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसको लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै।यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ।

सम्माननीय प्रधानमन्त्रीज्यू, 
अतस् ुकुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ सीता दाहाल झलनाथ खनाल गगन थापा उपचार खर्च

विशेष