महन्थ पक्षलाई वावुरामको खिसिटिउरी– निर्वाचन आयोगले सही गर्यो

जसपाका संघीय परिषद अध्यक्ष वावुराम भट्टराईले जसपा एकता बखतकै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सही भएको प्रतिक्रिया दिएका छन् ।
जसपाका संघीय परिषद अध्यक्ष वावुराम भट्टराईले जसपा एकता बखतकै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सही भएको प्रतिक्रिया दिएका छन् ।
आयोगको निर्णय आएकै दिन विहिवार ट्वीटर मार्फत प्रतिक्रिया जनाएका भट्टराईले जसपालाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा एकतावद्ध गर्दै नयाँ र विधिसम्मत ढंगले अगाडि वढाउने दिशामा आयोगको निर्णय सहि भएको वताएका छन् ।
उनले लेखेका छन्–‘जसपालाई वैकल्पिक राजनीतिक शक्तिको रूपमा एकताबद्ध गर्दै नयाँ र विधिसम्मत ढंगले अगाडि बढाउने दिशामा निर्वाचन आयोगको सही निर्णय! धन्यवाद!’
निर्वाचन आयोगले विहिवार पार्टी आधिकारिकता सम्बन्धमा जसपा एकता भएकै बखतको केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई नै सनाखतका लागि बोलाउने निर्णय गरेको छ ।
सनाखतका लागि ११ साउनमा नागरिकताको सक्कलसहित उपस्थित हुन आयोगले वोलाएको छ। दुवै पक्षको बहसपछि आयोगले बिहीबार यस्तो निर्णय गरेको हो ।
निर्वाचन आयोगले जसपाको आधिकारिकता निरुपण गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा इजलास गठन गरेको थियो।
अध्यक्ष उपेन्द्र यादव पक्षले एकताता भएकै वेलाको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने माग गरेको थियो भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पुनर्गठन गरिएको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने माग गरेको थियो ।
वावुराम भट्टराई जसपा निर्वाचन आयोग