News राजनीति

केपी ओली र माधव नेपालको भेटवार्ताको तयारी

केपी ओली र माधव नेपालको भेटवार्ताको तयारी

वोलचाल र भेटघाट समेत वन्द भएका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको चोचोमोचो मिलाउन तयारी सुरु भएको छ । दोश्रो पुस्ताका नेताहरुको अथक प्रयासपछि उनीहरुको भेटवार्ताको तयारी भएको हो । 

एमालेका दोस्रो तहका नेताहरुको निरन्तरको प्रयासपछि दुई नेता वार्ताका लागि राजी भएको र सकेसम्म चाँडै छलफल गराउने गरी तारतम्य मिलाइएको एक नेताले जानकारी दिए ।

आज सम्पन्न एमाले संस्थापन पक्षको केन्द्रीय समिति बैठकले नेपाल पक्षका २२ सांसदलाई स्पष्टीकरण सोधेपनि कारबाही थाती राखेर एकतामा लाग्ने निर्णय गरेको छ भने पार्टी विवादमा माधव पक्षले गरेको गल्तीमा आममाफी दिन सकिने निर्णय समेत गरेको छ।

यसैगरी, अध्यक्ष ओलीले पार्टी एकताका लागि नेता नेपाललाई दोस्रो अध्यक्ष दिने, पार्टीलाई जेठ २ को अवस्थावाट सञ्चालन गर्नेलगायतका प्रतिवद्धता ब्यक्त गरिसकेका छन् । तर, माधव नेपालले भने ओलीका कुनै पनि कुरालाई सकारात्मक रुपमा लिएका छैनन् ।
 

केपी शर्मा ओली माधवकुमार नेपाल

विशेष