News अन्तरवार्ता भिडियो प्रोफाइल

चौध वर्षमा भुमिगत भएकी पञ्चा सिहंका युद्ध कथा (भिडियो सहित)

चौध वर्षमा भुमिगत भएकी पञ्चा सिहंका युद्ध कथा (भिडियो सहित)

जुम्लाको खलंगा आक्रमण कर्णाली अञ्चलको कालिकोट जिल्ला ओदानकु गाविस वडानं ४ सिमखेतमा जन्मिएकी पञ्चा सिहं अहिले नेकपा माओवादी केन्दको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी केन्द्रिय उपाध्यक्ष हुन् । चौध वर्षको उमेरमा जनयुद्धमा होमिएकी सिहंका जनयुद्धका वास्ततिविक कथा हामीले मिडियामा ल्याउने प्रयास गरेकाछौँ ।

नेपाल आजकोसँग अन्तरंग कुुरा गर्दै सिहंले आफ्नो युद्धकालका घटनाहरु स्मरण गरेकीछिन् । पहिलो पटक ०५९ कात्तिक २८ गत जुम्लाको खलंगा आक्रमणमा तत्कालिन विद्रोही पक्षबाट युद्धमा संग्लन भएकी पञ्चा त्यो दिन यसरी सम्झिन्छिन् ।

म त्यतिबेला कालिकोटको भर्ता गाविसमा सेक्रेटरी थिए । हामी एकठाउँमा खाना खाएर बस्नको लागि अर्कै ठाउँ सेल्टर लिनु पर्ने हुन्थ्यो । त्यतिबेला अहिलेको जस्तो सञ्चार थिएन । खाना खाएर सेल्टर लिन जाने समय भएको थियो पार्टीको आफ्नै जनसञ्चारबाट चिठी आयो । एरिया इन्चार्जले अर्जेन्ट सम्र्पकमा आउनु भनेका रहेछन् । भर्ता भनेको सदरमुकामबाट करिब दुईघण्टा हिडेर पुगिने ठाउँ हो । चिठी पाईसकेपछि मसँग पार्टी कै एकजना बहिनी र म भर्ताबाट हिड्यौँ । टर्च पनि बाल्न नपाईने त्यो अनकन्टार जंगल जहाँ दिउँसै पनि बाघ भालुले झम्टिन्छ भन्छन् अहिले पनि । त्यो ठाउँमा मध्यरातमा हामी दिदी बहिनी के शाहसले हिड्यौ होला अहिले सम्झिदा पनि अचम्म लाग्छ ।

उनि सम्झिन्छिन्,  त्यो रातभर हिडेपछि विहान पार्टीका नेताहरुसँग कालिकोटको मुग्राह भन्ने ठाउँमा भेट भयो । हामीहरुलाई चिठी ढिलो पुगेको रहेछ । उहाँहरुलाई हामी आउदैनन् होला भन्ने लागेको रहेछ । तर हामी चिठी पाउने वित्तिकै हिडेको हुनाले नेताहरुसँग भेट भयो । हामी दुई दिन हिँडेर जुम्ला पुग्यौँ ।

जुम्लामा जनमुक्ति सेना केन्द्रित हुँदै थ्यो । हामी भुगोलमा कार्यरत भएकाले हाम्रो भुमिका ब्याक फोर्सको रुपमा रहन्थ्यो । जनमुक्ति सेना घाईते भएको अवस्थामा उद्धार गरेर उपचार गर्ने । जनमुक्ति सेनाको सहयोगका लागि हामीलाई परिचालन गरिएको थियो । आक्रमण सुरु कारागारबाट बन्दिमुक्त भए, प्रहरी कार्यालय, सिडियो कार्यालय क्लियर गरिसकेपछि हामी त्यहाँबाट फिर्ता भयौँ । रातको समयमा माथिबाट नाईट भिजन हेलिकप्टर घुमिरहेको थियो । कतिबेला बम खसालेर मार्छ भन्ने निश्चित हुन्थेन । जुम्लाको आर्मी क्याम्प बाहेकका ठाउँ क्लियर गरेर सबै फेरी आफ्नै कार्यक्षत्रमा फर्कियौँ ।

जनयुद्धलाई आफ्नो जीवनको स्वर्णीम समय भएको पञ्चा बताउँछिन् । उनि भन्छन्, ‘यहाँसम्म पुग्नको लागि मैले जे सिके, जे भोगे त्यही नै ठुलो कुरा हो । जनयुद्धमै शाहदत प्राप्त भएकोभए पनि पश्चातापको विषय नै हुने थिएन । संयोगले म बाँचे ।

जनयुद्धबाट के पाए भन्ने नै होईन । के पाउन हामी यद्धमा गएका थियौ र? गलत छ भनेर विद्रोहमा गएको हो । राष्ट्रका लागि वलिदानदिन आवश्यक छ भन्ने स्कुलिगंबाट प्रभावित भएर गएको हो । हामी मन्त्री हुनका लागि, माननिय हुनका लागि गएका थिएनौ । त्यसैले मैले के पाए र के पाउनु पर्छ भन्ने बार्गेनिगं छैन ।’

अन्तरवार्ता पञ्चा सिहं प्रोफाइल जुम्ला आक्रमण

विशेष