News

'महिला सन्तान उत्पादन गर्ने कारखाना हैनन् भन्ने वैज्ञानिक चेताना हो, गुगल सर्च गरौँ'

'महिला सन्तान उत्पादन गर्ने कारखाना हैनन् भन्ने वैज्ञानिक चेताना हो, गुगल सर्च गरौँ'

भीडको ध्यान आफूतिर तान्न सक्ने खुबी भएकी प्रियंका पछिल्लो पटक बेबी–बम्पवाला तस्विरले चर्चामा छाएकी छिन् ।गर्भावस्थामा रहेकी प्रियंका बेबी बम्प सेलेब्रेसन गर्दै समय समयमा नयाँ नयाँ फोटोसुट गरेर फेसबुक मार्फत गरिरहन्छिन् । 


टाइमलाइनमा उनका तस्विर चर्चाको केन्द्रमा छन् । पूर्वप्रधानमन्त्रीदेखि सर्वसाधारणले उनको बेबी–बम्प तस्विरमाथि आफ्नै दृष्टिकोण पेश गरिरहेका छन् ।उनी विहानको समय तथा रातको समय हरेक समय विभिन्न प्रकारको बेबी–बम्पवाला तस्बिर सेयर गरिरहेकी हुन्छिन् ।

केहीदिन पहिला प्रियंकाले आफ्नो इन्स्टाग्राममा एक बेबी–बम्पवाला तस्बिर पोष्ट गरेकी थिइन् । जसले सबैको ध्यान खिचेको थियो । तस्बिरमा उनले हातमा गिलास लिएर जुस पिइरहेकी छन् भने गर्भवती भुँडीमा गिलासमा जुस पिइरहेको पिक्चर मेकअप गरिएको छ । उनको यो तस्बिर पति आयुष्मान देशराज जोशीले पनि शेयर गरेका छन् । तस्बिर उनले विदेशी नक्कल गर्दै बनाएकी हुन् । जसले एकैसाथ गाली र ताली दुबै पाइरहेको छ । तस्बिरका कारण उनी ट्रोलको सिकार समेत भएकी छन् । कतिपयले उनको तस्बिरलाई राम्रो भनेका छन् भने कतिले उनले सामाजिक मर्यादा उलङ्घन गरेको आरोप समेत लगाएका छन् । 

कतिपयले गर्भावस्थालाई सेलिव्रेसन गर्न पाउनु उनको निजी अधिकार र स्वतन्त्रता भएको बताइरहेका छन् भने कतिपयले उनलाई उत्ताउली भएको भन्दै आलोचना गरिरहेका छन् ।

प्रियंकाको बेबी बम्पवाला तस्विरमाथि सामाजिक संजालमा भैरहेको बहसमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि जोडिएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले प्रियंकाको कामको प्रशंसा गरेका छन् ।

उनी लेख्छन्, ‘यति गर्न यो यो खानैपर्छ । १० महिला कसैका सन्तान उत्पादन गर्ने कारखाना हैनन् आफ्नै सन्तानका सृष्टिका श्रोत हुन् भन्ने वैज्ञानिकरउन्नत चेतना (गूगल सर्च गरौं) । २० युगौदेखिको पितृसत्तात्मक/स्त्रीद्वेषी/रूढीवादी सत्ता र भ्रमको जालो च्यात्ने साहस ३० ट्विटेलाई इॅटको सट्टा ढुंगा हान्ने आत्मवल !

बाबुराम भट्टराई प्रियंका बेबी बम्पवाला

विशेष