कांग्रेसले जनमतको कदर गरेन, अवको चुनाव पनि ओलीले नै जित्छन्ः विश्लेषक केसी
राजतितिक विश्लेषक डाक्टर सुरेन्द्र केसीले निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई ३ वर्षे कार्यकालमै पदच्युत गरिनु अन्याय भएको विश्लेषण गरेकाछन् । नेपाल आजसँगको संवादमा कुरा गर्दै विश्लेषक केसीले यस्तो प्रतिक्रिया दिएकाहुन् ।
केपी ओली नेतृत्वको सरकारलाई जनताले पाँच वर्षको जनादेश दिएको केसीको विश्लेषण छ । उनि भन्छन्, ‘केपी ओली माथि अन्याय भयो । पाँच वर्षको जनादेश लिएर आएको प्रधानामन्त्रिलाई आफ्नै पार्टी, आफ्नै दल प्रयोग गरेर बेदखल गरियो । केपी शर्मा ओलीलाई प्रधानमन्त्रि भैइसकेपछि लोकतान्त्रिक प्रणाली अनुसार अध्यक्षबाट हटाउन महाधिवेशन पर्खिनु पर्थ्यो । प्रधानमन्त्रि हुनका लागि पाँच वर्ष पर्खिनु पर्थ्यो ।’
केपी शर्मा ओलीका क्रियाकलाप गलत भएपनि पाँच वर्षपछि जनताले हिसाबकिताब गर्ने विश्लेषक केसीको धारणा छ । उनि भन्छन्, ‘केपी ओलीलाई जनताले कारबाही गर्थे । त्यसमा नेपाली काँग्रेसले पाँच वर्षसम्म प्रतिपक्षको भुमिका निभाउनु पर्थ्यो । यो प्रवृतीले फेरी पनि आगामि चुनावमा केपी ओली नै अगाडि आउने देखिन्छ ।
नेपाली काँग्रेसले जनमतको कदर गर्न नसकेको पनि विश्लेषक केसीको भनाई छ । नेपाली जनताले पाँच वर्षका लागि प्रतिपक्षमा बस्ने जनादेश दिएको पार्टीले यसरी सत्तामा जानु लोकतन्त्र सम्बद नभएको केसी बताउँछन् । शेरबहादुर देउवा नेतृत्वमा गठन भएको अहिलेको सरकार अनैतिक सरकार रहेको उनको भनाई छ । उनि भन्छन्, ‘नेपाली काँग्रेसलाई अहिलेको सरकार अनैतिक सरकार हो । नेपाली काँग्रेसलाई जनताले प्रतिपक्षमा बस्न भनेर भनेको हो । नेपाली काँग्रेसले हामी प्रतिपक्षमा बस्छौँ भनेर भन्नु पथ्र्याे । तर शेरबहादुरलाई प्रधानमन्त्रि हुने हतार भयो ।’
राष्ट्रपतीको पछिल्लो भुमिका असिष्ट र अमर्यादित भएको केसीको विश्लेषण छ र त्यो स्वभाविक भएको उनि बताउँछन् । राष्ट्रपती जस्तो मर्यादित संस्थामा विद्या भण्डारीलाई पुर्याउनु नै गलत रहेको केसी बताउँछन् । उनि भन्छन्, ‘त्यो लेबलको मान्छे त्या पुग्नु नै गलत थियो । राष्ट्रपती पदको गरिमा नबुझ्ने मान्छेले त्यसको फर्मालिटी पुरा गर्न सक्दैन ।
तर सपथ ग्रहणको भाषा सम्बन्धि विवादमा भने राष्ट्रपतीलाई अनावश्यक तरिकाले झुक्याईएको केसी बताउँछन् । उनि भन्छन्, ‘सपथ ग्रहणको भाषामा राष्ट्रपतीको गलत थिएन । उहाँलाई झुक्यायो । शेरबहादुर देउबालाई सर्वाेच्चले नै नियुक्त गरेको हो । राष्ट्रपती जस्तो गरिमामय संस्थालाई अनावश्यक प्रचण्डले अनावश्यक थर्काउनुले गलत नजिर छोडेको छ ।’
अर्थ मन्त्री जनार्दन शर्मालाई विगतमा राम्रो काम गरेको केसीको विश्लेषण छ तर जनभावना विपरित काम गरे आफुले कम्प्रर्माइज नगर्ने बताएकाछन् । उनि भन्छन्, ‘जनार्दन शर्माले पहिलाका मन्त्रालयबट नाम कमाएकाछन् । उर्जा मन्त्रि हुँदा लोडसेडिगं मुक्त गराएकाछन् । त्यस्तो बदनामी पनि मैले जनार्दनको पनि सुनेको छैन । मैले बदनाम हुने काम नगर्नु होला । विगतको नेताहरुले गरेका गल्ति नगर्नु होला भनेको छु । जनभाबना बिपरित अर्थमन्त्रीले कुकर्म गरे भन्डाफोर गरिन्छ ।’