News

केदारस्युँको उपाध्यक्ष कोसेली कार्यक्रमः गर्भवती र सुत्केरीलाई फलफूल वितरण

केदारस्युँको उपाध्यक्ष कोसेली कार्यक्रमः गर्भवती र सुत्केरीलाई फलफूल वितरण

शिवजी मण्डेल

बझाङको केदारस्युँ गाउँपालिकाले उपाध्यक्ष कोषेली कार्यक्रम सञ्चालनमा ल्याएको छ । उपाध्यक्ष निशा धामीको अगुवाइमा सञ्चालित कार्यक्रममा गर्भवती र सुत्केरी महिलालाई पोषणयुक्त खाना र फलफुल वितरण गरिदै आएको छ । उक्त कार्यक्रमले साउन ८ गते वडा नम्बर गाउँपालिकाको वडानं ९ पोषणयुक्त खाना र फलफुल वितरण गरेको छ । 

वडा भरिका स्वास्थ्य संस्थामा चेकजाँच गरि स्वास्थ्य संस्थामा सुत्केरी भएकी ३० जना आमाहरूलाई अण्डा, सरसफाइका सामाग्री, झोला, कोल्केट, ब्रस लगायतका समानहरू वितरण  गरिएको  उपाध्यक्ष धामीले बताइन् ।
 
अहिले पनि कोरोना कहर कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ सामाजिक दुरि कायम गरि कोसेली वितरण गरिएको उनले बताइन् ।
अहिलेसम्म वडा नम्बर ५ वाहेक सबै वडामा कार्यक्रम सञ्चालन गरिसकिएको उपाध्यक्ष धामीको भनाई छ । 

यस कार्यक्रमले नेपाल सरकारको स्वास्थ्यको निति अनुसार गर्भवती भएका महिलाहरू गर्भवती हुने महिलाहरू र जन्मिएको बच्चाहरूलाई  बारम्बार चेकजाँच गर्ने खोप लगाउने तर्फ आकर्षण हुने विश्वास राखेको उपाध्यक्ष धामीले बताएकी छन्  ।  उक्त उपाध्यक्ष पोषण कोसेली कार्यक्रममा गाउँपालिकाको आर्थिक सहयोग सञ्चालन गरिएको हो ।

विशेष