News Breaking News देश राजनीति

हिन्दुत्वविरोधी घृणा फैलाउने पूर्व प्रधानमन्त्री भट्टाराईको पुतला दहन

हिन्दुत्वविरोधी घृणा फैलाउने पूर्व प्रधानमन्त्री भट्टाराईको पुतला दहन

काठमाडौं ।  राष्ट्रिय एकता अभियानले काठमाडौंमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुतला दहन गरेको छ ।

काठमाडौंको बालकुमारीमा रहेको जसपा पार्टी कार्यालय आगाडि अभियानका संयोजक विनय यादवको नेतृत्वमा हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गर्ने पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन गर्नुका साथै पुतला दहन गरिएको हो।

प्रदर्शनको क्रममा अभियानका कार्यकर्ताहरुले पूर्व प्रधानमन्त्री भट्टराईको पुतला दहन गर्दै उनीविरुद्ध चर्को नाराबाजी गरेका थिए।

प्रदर्शनको क्रममा अभियानका कार्यकर्ताहरुले इसाईका दलाल बाबुराम–मुर्दावाद, देश वेचुवा बाबुराम–मुर्दावाद, रक्तचुसक बाबुराम –मुर्दावाद र मातृभुमिका गद्दार–मुर्दावाद भन्दै पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध चर्को नाराबाजी गरेका थिए।

अभियानका संयोजक यादवले पछिल्लो समय पूर्व प्रधानमन्त्री भट्टराई हिन्दुत्वविरोधी घृणा फैलाउने स्टाटस सामाजिक सञ्जालमा पोष्ट गर्नुका साथै हिन्दुत्वविरोधी घृणा फैलाउने अभिब्यक्ति दिँदै आएकोले उनको पुतला दहन गरिएको बताए।

उनले भने, ‘पूर्व प्रधानमन्त्री भट्टराई इसाईका दलाल हुन्, पछिल्लो समय उनी हिन्दुत्वविरोधी घृणा फैलाउने काम गर्दै आइरहेका छन्।, उनी चर्चका एजेण्ट हुन्

२ दिनअघि पूर्व प्रधानमन्त्री भट्राईले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतले पुजा गर्ने क्रममा दुधसहितका बस्तु भगवानलाई चढाएको तस्बिरलाई ट्वीट गर्दै हिन्दुत्वविरोधी घृणा फैलाउने स्टाटस लेखेका थिए।

विशेष